निःशुल्क पाइने ७० प्रकारका औषधिमध्ये खोटाङमा २८ मात्र उपलब्ध « Khabarhub

निःशुल्क पाइने ७० प्रकारका औषधिमध्ये खोटाङमा २८ मात्र उपलब्ध


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– सरकारले निःशुल्क उपलब्ध गराउने ७० प्रकारका औषधिमध्ये जिल्ला अस्पतालमा २८ प्रकारका मात्रै रहेको पाइएको छ ।

सामान्य अवस्थाका बिरामीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका ७७ वटै जिल्लामा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरे पनि खोटाङमा अहिलेसम्म सबै औषधि आएको छैन ।

निःशुल्क उपलब्ध गराउने औषधि अस्पतालमा नभएपछि सर्वसाधारण सामान्य उपचारका लागिसमेत राजधानी काठमाडौँलगायत सुविधा सम्पन्न अस्पताल जान बाध्य छन् । कतिपय अवस्थामा त सामान्य किसिमका बिरामीलेरु रूदुई लाख ५० हजारसम्म तिरेर हेलिकप्टर चार्टर गरी उपचारका लागि जानुपर्ने बाध्यता रहिआएको छ ।

सत्तरी प्रकारका निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था भए पनि यहाँ २८ प्रकारको मात्रै रहेको जिल्ला अस्पतालका सूचना अधिकारी रवीन फुयाँलले बताए ।

उनले भने, ‘सरकारले ७० किसिमका औषधि निःशुल्क उपलब्ध गराउने भने पनि जिल्लामा अहिले २८ प्रकारका मात्र छ । माथिल्लो निकायले जति उपलब्ध गरायो त्यति औषधि मात्रै जिल्ला अस्पतालले वितरण गर्दै आएको छ ।’

निःशुल्क भनिएका ७० वटै प्रकारका औषधि अहिलेसम्म कहिलै पनि आइनपुगेको जिल्ला अस्पतालको भण्डारण शाखाले जनाएको छ । अस्पताल स्रोतका अनुसार माथिल्लो निकायबाट आएको निःशुल्क औषधि जिल्लाका दशवटै स्थानीय तहमा जनसङ्ख्याको आधारमा वितरण गर्ने गरिएको छ ।

सरकारले सबै क्षेत्रका नागरिकको स्वास्थ्यमा सहज रुपमा पहुँच पुर्‍याउने उद्देश्यले निःशुल्क औषधि वितरण गर्न वार्षिक अबौँ रकम छुट्याउने गरेको छ तर आम सर्वसाधारणले भने उक्त औषधि पाएका छैनन् । निःशुल्क औषधि कता बेपत्ता हुन्छ पत्तो छैन । यस विषयमा अस्पताल व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका अध्यक्ष बबि चाम्लिङ बेखबर छन् ।

अस्पतालमा निःशुल्क पाउने औषधि अभाव रहेको भन्ने विषयमा अहिलेसम्म कसैबाट गुनासो नआएको उनले बताए । ‘अस्पतालमा यस्तो अवस्था छ भने यो गम्भीर विषय हो’, अध्यक्ष चाम्लिङले भने, ‘यस विषयमा कसको कमजोरी हो ? या नियत छ, तत्काल सम्बन्धित निकायमा पहल गर्छु ।’

विगतका वर्षमा जस्तै यसवर्ष पनि सरकारले निःशुल्क औषधि खरिदका लागि एक अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । स्थानीय तह र प्रदेशमा उक्त बजेट पठाइसकिएको छ तर सरकारले वितरण गर्ने भनेको निःशुल्क औषधि खोज्न स्वास्थ्य संस्था पुग्ने बिरामी रित्तो हात फर्कन बाध्य छन् ।

सरकारले प्राथामिक स्वास्थ्य केन्द्रबाट ६१ किसिमका र जिल्ला अस्पतालबाट ७० प्रकारका अत्यावश्यक औषधि नागरिकलाई निःशुल्क वितरण गर्ने व्यवस्था गरेको थियो तर निःशुल्क वितरण गर्ने भनिएको औषधिमा ब्रम्हलुट नै हुने गरेको सरोकार व्यक्तिको गुनासो छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ३ : २६ बजे

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन