निःशुल्क पाइने ७० प्रकारका औषधिमध्ये खोटाङमा २८ मात्र उपलब्ध | Khabarhub Khabarhub

निःशुल्क पाइने ७० प्रकारका औषधिमध्ये खोटाङमा २८ मात्र उपलब्ध


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– सरकारले निःशुल्क उपलब्ध गराउने ७० प्रकारका औषधिमध्ये जिल्ला अस्पतालमा २८ प्रकारका मात्रै रहेको पाइएको छ ।

सामान्य अवस्थाका बिरामीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका ७७ वटै जिल्लामा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरे पनि खोटाङमा अहिलेसम्म सबै औषधि आएको छैन ।

निःशुल्क उपलब्ध गराउने औषधि अस्पतालमा नभएपछि सर्वसाधारण सामान्य उपचारका लागिसमेत राजधानी काठमाडौँलगायत सुविधा सम्पन्न अस्पताल जान बाध्य छन् । कतिपय अवस्थामा त सामान्य किसिमका बिरामीलेरु रूदुई लाख ५० हजारसम्म तिरेर हेलिकप्टर चार्टर गरी उपचारका लागि जानुपर्ने बाध्यता रहिआएको छ ।

सत्तरी प्रकारका निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था भए पनि यहाँ २८ प्रकारको मात्रै रहेको जिल्ला अस्पतालका सूचना अधिकारी रवीन फुयाँलले बताए ।

उनले भने, ‘सरकारले ७० किसिमका औषधि निःशुल्क उपलब्ध गराउने भने पनि जिल्लामा अहिले २८ प्रकारका मात्र छ । माथिल्लो निकायले जति उपलब्ध गरायो त्यति औषधि मात्रै जिल्ला अस्पतालले वितरण गर्दै आएको छ ।’

निःशुल्क भनिएका ७० वटै प्रकारका औषधि अहिलेसम्म कहिलै पनि आइनपुगेको जिल्ला अस्पतालको भण्डारण शाखाले जनाएको छ । अस्पताल स्रोतका अनुसार माथिल्लो निकायबाट आएको निःशुल्क औषधि जिल्लाका दशवटै स्थानीय तहमा जनसङ्ख्याको आधारमा वितरण गर्ने गरिएको छ ।

सरकारले सबै क्षेत्रका नागरिकको स्वास्थ्यमा सहज रुपमा पहुँच पुर्‍याउने उद्देश्यले निःशुल्क औषधि वितरण गर्न वार्षिक अबौँ रकम छुट्याउने गरेको छ तर आम सर्वसाधारणले भने उक्त औषधि पाएका छैनन् । निःशुल्क औषधि कता बेपत्ता हुन्छ पत्तो छैन । यस विषयमा अस्पताल व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका अध्यक्ष बबि चाम्लिङ बेखबर छन् ।

अस्पतालमा निःशुल्क पाउने औषधि अभाव रहेको भन्ने विषयमा अहिलेसम्म कसैबाट गुनासो नआएको उनले बताए । ‘अस्पतालमा यस्तो अवस्था छ भने यो गम्भीर विषय हो’, अध्यक्ष चाम्लिङले भने, ‘यस विषयमा कसको कमजोरी हो ? या नियत छ, तत्काल सम्बन्धित निकायमा पहल गर्छु ।’

विगतका वर्षमा जस्तै यसवर्ष पनि सरकारले निःशुल्क औषधि खरिदका लागि एक अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । स्थानीय तह र प्रदेशमा उक्त बजेट पठाइसकिएको छ तर सरकारले वितरण गर्ने भनेको निःशुल्क औषधि खोज्न स्वास्थ्य संस्था पुग्ने बिरामी रित्तो हात फर्कन बाध्य छन् ।

सरकारले प्राथामिक स्वास्थ्य केन्द्रबाट ६१ किसिमका र जिल्ला अस्पतालबाट ७० प्रकारका अत्यावश्यक औषधि नागरिकलाई निःशुल्क वितरण गर्ने व्यवस्था गरेको थियो तर निःशुल्क वितरण गर्ने भनिएको औषधिमा ब्रम्हलुट नै हुने गरेको सरोकार व्यक्तिको गुनासो छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ३ : २६ बजे

नगरसभामा बालेनलाई प्रश्न- हामीले बोल्ने मात्रै हो कि कार्यान्यवन पनि हुन्छ ?

काठमाडौं- काठमाडौं महानगरपालिकाको १७ औँ नगरसभाको दोस्रो बैठक बुधबार बसिरहेको

बुधबार ५५ वटा कम्पनीको घट्यो शेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा ५५

दानव नदीमै बगिरहेको छ बुद्धकालीन रोहिणी

लुम्बिनी– विश्वभर शान्तिको मुहानका रूपमा चिनिने बुद्ध जन्मस्थल लुम्बिनी एक

असारे मैझारोमा १५ प्रतिशतले बढ्यो सरकारको खर्च, ३१ दिनमा दुई खर्ब ४० अर्ब सकियो

काठमाडौं– सरकारले विगतका वर्षहरूमा झैँ असार महिनामा अधिक खर्च गर्ने

रुससँग व्यापार नरोके भारतलाई १०० प्रतिशत ट्यारिफ लगाउने नाटोको चेतावनी

ब्रसेल्स- उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)ले भारतमाथि १०० प्रतिशत ट्यारिफ