बसको ठक्करबाट बालकको मृत्यु « Khabarhub

बसको ठक्करबाट बालकको मृत्यु


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पथरी शनिश्चरे नगरपालिका २ जय चोकस्थित सडकमा बाग्मती प्रदेश–३–००१ ख २०० नम्बरको बसको ठक्करबाट बेलबारी नगरपालिका–४ बस्ने भावना अचार्यको छोरा ७ वर्षीय बिवस अचार्यको मंगलबार बिहान मृत्यु भएको छ ।

भावनासँगै पैदल हिँडिरहेको अवस्थामा बाटो काट्नेक्रममा उक्त बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै लेटाङ नगरपालिका ८ जाँतेस्थित खगेन्द्र प्रसाद खतिवडाको बनाउँदै गरेको घरबाट लडेर भारत बिहार घर भएका मिस्त्री ४५ वर्षीय मोहम्मद मुस्ताफको मंगलबार बिहान मृत्यु भएको छ ।

बिहान उठी बाथरुम जाने क्रममा घरको १ तला माथिबाट लडेर गम्भीर घाइते भएका उनको बिराटनगर नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ५ : ४६ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको