मेलम्ची खानेपानी आयोजनाको कार्यशैलीप्रति असन्तुष्टि | Khabarhub Khabarhub

मेलम्ची खानेपानी आयोजनाको कार्यशैलीप्रति असन्तुष्टि


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिको एघारौँ वार्षिक साधारणसभा मंगलबार मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले समिति र मेलम्ची खानेपानी आयोजनाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे ।

अर्यालले काठमाडौँमा बसेर मेलम्चीको पानी नजाने भन्दै आयोजनास्थलमा आएर अध्ययन गर्न सम्बन्धित निकायलाई आग्रह गरे । “पटक–पटक वार्ताका लागि आग्रह गरे पनि अहिलेसम्म कोही पनि सम्पर्कमा आउनु भएको छैन”, अर्यालले भने, “काठमाडौँमा बसेर पानी झार्ने मिति तोक्नु उचित होइन ।” आयोजनास्थलमा भएका ढुङ्गा, गिट्टी र गेग्रानको व्यवस्थापन नगरी अहिलेकै स्थितिमा पानी पठाउन नसकिने अर्यालको भनाइ थियो ।

कार्यक्रममा समितिका अध्यक्ष उपेन्द्र तामाङले मेलम्ची प्रभावित र बाढीको क्षतिका बारेमा चाँडै खानेपानी आयोजना र मन्त्रालयको ध्यानाकर्षण गराइने बताए । आयोजना समितिका सदस्य चन्द्रबहादुर थापा, मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनिर माधव नेपाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : ४४ बजे

इयूको अदालतद्वारा ले पेनका उत्तराधिकारीले दायर गरेको मुद्दा खारेज

लक्जेम्बर्ग– युरोपेली संसद्को निर्णयविरुद्ध युरोपेली सङ्घ (इयू) को एक अदालतले

जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केपी शर्मा

नगरसभामा बालेनलाई प्रश्न- हामीले बोल्ने मात्रै हो कि कार्यान्यवन पनि हुन्छ ?

काठमाडौं- काठमाडौं महानगरपालिकाको १७ औँ नगरसभाको दोस्रो बैठक बुधबार बसिरहेको

बुधबार ५५ वटा कम्पनीको घट्यो शेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा ५५

दानव नदीमै बगिरहेको छ बुद्धकालीन रोहिणी

लुम्बिनी– विश्वभर शान्तिको मुहानका रूपमा चिनिने बुद्ध जन्मस्थल लुम्बिनी एक