व्यक्तिगत आम्दानीमा कर :  कति कमाउँदा कति तिर्नुपर्छ ? « Khabarhub

व्यक्तिगत आम्दानीमा कर :  कति कमाउँदा कति तिर्नुपर्छ ?


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को लागि प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर निर्धारण गरेको छ ।

अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले निर्धारण गरेको करको दरमा रोजगारीको आयमात्र हुनेको लागि व्यक्तिगत चार लाख र दम्पतीमा साढे चार लाखसम्म करयोग्य आम्दानीमा एक प्रतिशत कर लाग्ने उल्लेख छ । यो भनेको चार हजारदेखि चार हजार ५०० कर हो ।

त्यसैगरी व्यक्तिगततर्फ चारदेखि पाँच लाखसम्म चार हजार र १० प्रतिशतका दरले लागु हुने उल्लेख छ । दम्पतीतर्फ साढे चारदेखि साढे पाँच लाखसम्म करयोग्य आय भएमा चार हजार पाँच सय र १० प्रतिशत कर लाग्ने उल्लेख छ ।

व्यक्तिगत हकमा पाँचदेखि सात लाखसम्म करयोग्य आय भएमा १४ हजार र २० प्रतिशत दरले कर लाग्ने उल्लेख छ । दम्पतीको हकमा साढे पाँचदेखि साढे सात लाखसम्म १५ हजार ५०० र २० प्रतिशतका दरले लागु हुनेछ ।

सातदेखि २० लाखको आम्दानीमा एकल व्यक्तितर्फ ५४ हजार र ३० प्रतिशतका दरले लागु हुनेछ । साढे सातदेखि २० लाखसम्म आम्दानीमा दम्पतीतर्फ ५४ हजार ५०० र ३० प्रतिशतका दरले कर लाग्नेछ ।

२० लाखभन्दा बढी आम्दानी करयोग्य आय गर्ने व्यक्तिलाई ४ लाख ४४ हजार र ३६ प्रतिशतका दरले लागु हुने आन्तरिक राजश्व कार्यालयले जनाएको छ । दम्पतीतर्फ पनि चार लाख ४४ हजार ५०० र ३६ प्रतिशतका दरले लागु हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ८ : ०४ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित