व्यक्तिगत आम्दानीमा कर :  कति कमाउँदा कति तिर्नुपर्छ ? « Khabarhub

व्यक्तिगत आम्दानीमा कर :  कति कमाउँदा कति तिर्नुपर्छ ?


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को लागि प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर निर्धारण गरेको छ ।

अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले निर्धारण गरेको करको दरमा रोजगारीको आयमात्र हुनेको लागि व्यक्तिगत चार लाख र दम्पतीमा साढे चार लाखसम्म करयोग्य आम्दानीमा एक प्रतिशत कर लाग्ने उल्लेख छ । यो भनेको चार हजारदेखि चार हजार ५०० कर हो ।

त्यसैगरी व्यक्तिगततर्फ चारदेखि पाँच लाखसम्म चार हजार र १० प्रतिशतका दरले लागु हुने उल्लेख छ । दम्पतीतर्फ साढे चारदेखि साढे पाँच लाखसम्म करयोग्य आय भएमा चार हजार पाँच सय र १० प्रतिशत कर लाग्ने उल्लेख छ ।

व्यक्तिगत हकमा पाँचदेखि सात लाखसम्म करयोग्य आय भएमा १४ हजार र २० प्रतिशत दरले कर लाग्ने उल्लेख छ । दम्पतीको हकमा साढे पाँचदेखि साढे सात लाखसम्म १५ हजार ५०० र २० प्रतिशतका दरले लागु हुनेछ ।

सातदेखि २० लाखको आम्दानीमा एकल व्यक्तितर्फ ५४ हजार र ३० प्रतिशतका दरले लागु हुनेछ । साढे सातदेखि २० लाखसम्म आम्दानीमा दम्पतीतर्फ ५४ हजार ५०० र ३० प्रतिशतका दरले कर लाग्नेछ ।

२० लाखभन्दा बढी आम्दानी करयोग्य आय गर्ने व्यक्तिलाई ४ लाख ४४ हजार र ३६ प्रतिशतका दरले लागु हुने आन्तरिक राजश्व कार्यालयले जनाएको छ । दम्पतीतर्फ पनि चार लाख ४४ हजार ५०० र ३६ प्रतिशतका दरले लागु हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ८ : ०४ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि