नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा घिमिरे | Khabarhub Khabarhub

नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा घिमिरे


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा प्रकाश घिमिरे चयन भएका छन् । युनियनको सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न आठौँ जिल्ला अधिवेशनवाट घिमिरे सर्वम्मत अध्यक्षमा चयन भएका हुन् ।

युनियनको १७ सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा जानुका श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रमाया राई र समावेशी उपाध्यक्षमा विकास राई चयन भएका छन् । सचिवमा शम्भु तामाङ, सहसचिवमा दिनेश खत्री तथा कोषाध्यक्षमा लेखनाथ कटुवाल चयन भएका युनियनले जनाएको छ ।

१० जना जिल्ला सदस्यमध्ये चार जना खुला सदस्य, दुई जना कार्यालय सहयोगी समावेशी सदस्य र दुई जना महिला समावेशी सदस्य छन् । अध्यक्षबाट मनोनीत हुने दुई सदस्यमध्ये एक जना भने मनोनीत गर्न बाँकी रहेको अध्यक्ष घिमिरेले बताए । अधिवेशनले भगतप्रसाद आचार्य, अनिल आचार्य, पाण्डव घिमिरे र इरन राईलाई केन्द्रीय प्रतिनिधि छनोट गरेको छ ।

‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ नाराका साथमा भएको अधिवेशन नेपाली कांग्रेसका महासमिति सदस्य रविप्रकाश राईले उद्‌घाटन गरेका थिए ।

अधिवेशन उद्‌घाटनको अवसरमा युनियनले लामो समयसम्म संगठनलाई पुर्‍याएको योगदानको उच्चसम्मान गर्दै निजामती सेवाबाट अवकास लिएर निवृत्त जीवन बिताइरहेका पूर्वकर्मचारीलाई सम्मान गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ८ : १९ बजे

इयूको अदालतद्वारा ले पेनका उत्तराधिकारीले दायर गरेको मुद्दा खारेज

लक्जेम्बर्ग– युरोपेली संसद्को निर्णयविरुद्ध युरोपेली सङ्घ (इयू) को एक अदालतले

जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केपी शर्मा

नगरसभामा बालेनलाई प्रश्न- हामीले बोल्ने मात्रै हो कि कार्यान्यवन पनि हुन्छ ?

काठमाडौं- काठमाडौं महानगरपालिकाको १७ औँ नगरसभाको दोस्रो बैठक बुधबार बसिरहेको

बुधबार ५५ वटा कम्पनीको घट्यो शेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा ५५

दानव नदीमै बगिरहेको छ बुद्धकालीन रोहिणी

लुम्बिनी– विश्वभर शान्तिको मुहानका रूपमा चिनिने बुद्ध जन्मस्थल लुम्बिनी एक