नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा घिमिरे « Khabarhub

नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा घिमिरे


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा प्रकाश घिमिरे चयन भएका छन् । युनियनको सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न आठौँ जिल्ला अधिवेशनवाट घिमिरे सर्वम्मत अध्यक्षमा चयन भएका हुन् ।

युनियनको १७ सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा जानुका श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रमाया राई र समावेशी उपाध्यक्षमा विकास राई चयन भएका छन् । सचिवमा शम्भु तामाङ, सहसचिवमा दिनेश खत्री तथा कोषाध्यक्षमा लेखनाथ कटुवाल चयन भएका युनियनले जनाएको छ ।

१० जना जिल्ला सदस्यमध्ये चार जना खुला सदस्य, दुई जना कार्यालय सहयोगी समावेशी सदस्य र दुई जना महिला समावेशी सदस्य छन् । अध्यक्षबाट मनोनीत हुने दुई सदस्यमध्ये एक जना भने मनोनीत गर्न बाँकी रहेको अध्यक्ष घिमिरेले बताए । अधिवेशनले भगतप्रसाद आचार्य, अनिल आचार्य, पाण्डव घिमिरे र इरन राईलाई केन्द्रीय प्रतिनिधि छनोट गरेको छ ।

‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ नाराका साथमा भएको अधिवेशन नेपाली कांग्रेसका महासमिति सदस्य रविप्रकाश राईले उद्‌घाटन गरेका थिए ।

अधिवेशन उद्‌घाटनको अवसरमा युनियनले लामो समयसम्म संगठनलाई पुर्‍याएको योगदानको उच्चसम्मान गर्दै निजामती सेवाबाट अवकास लिएर निवृत्त जीवन बिताइरहेका पूर्वकर्मचारीलाई सम्मान गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ८ : १९ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि