बसले पठाओ स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु « Khabarhub

बसले पठाओ स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा पठाओ स्कुटरलाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । ठक्करबाट पठाओ स्कुटरका चालक र सो स्कुटरमा रहेका व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलंकीमा मंगलबार साँझ भएको दुर्घटनामा धादिङ घर भई थानकोट बस्दै आएका अन्दाजी ३५ ववर्षी स्कुटर चालक रामबहादुर आचार्य र बाँके घर भई इमाडोल बस्दै आएका ५२ वर्षीय यादबकुमार शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलंकीबाट बल्खुतर्फ जादैँ गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरित दिशा आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका स्कुटर चालक र यात्रुको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ८ : ३६ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा