जनप्रतिनिधि जनप्रति उत्तरदायी हुनुपर्छ : मन्त्री बुढा « Khabarhub

जनप्रतिनिधि जनप्रति उत्तरदायी हुनुपर्छ : मन्त्री बुढा


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गण्डकी प्रदेश सरकारका भूमी व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । ताराखोला गाउँपालिका वडा नं ३ हिल घुस्मेलीमा त्रिशुली युवा क्लवले आयोजना गरेको हरिबोधनी एकादशी मेलालाई सम्वोधन गर्दै मन्त्री बुढाले यस्तो बताएका हुन् ।

जिल्लाको दुर्गम गाउँमा रहेर पनि क्लवले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै मन्त्री बुढाले गाउँमा भएका प्राकृतिक स्रोत, कृषि, वन पैदावार उपयोग गरेर उत्पादनमा जोडिन आम नागरिकलाई आग्रहसमेत गरे । उनले गण्डकी प्रदेश सरकारले एक घर एक धाराको अवधारणा अनुसार ताराखोला गाउँपालिकामा सबै घरधुरीमा खानेपानी पुर्‍यमउने लक्ष्य राखेको बताए ।

गण्डकी प्रदेशका सांसद दिलमाया रोकाले युवाहरु समाज परिवर्तनका संवाहक भएकोले युवाहरुले समाज रुपान्तपणमा सकरात्मक र रचनात्मक भूमिका खेल्नुपर्ने बताइन् । संस्थाले गाउँपालिका भित्र गरेका सामाजिक गतिविधिले आफू हर्षित भएको उल्लेख गर्दै सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोगमा आफू प्रतिवद्व रहेको उनको भनाइ छ । त्यस्तै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले युवाहरु विकास निर्माणका काममा अग्रसर भए समाजले छोटो समयमा नै काँचुली फेर्ने बताए ।

मेलाको अवसरमा आयोजना गरिएको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा नगद रु ६५ हजार ट्रफी र मेडलसहित सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले उपाधि उचालेको छ । प्रतियोगितामा गलकोट नगरपालिका वडा नं २ नरेठाँटी दोस्रो भएको छ । मेलामा सामूहिक लोक नृत्य लगायतका विविध कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष जीवन बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : ०७ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा