जनप्रतिनिधि जनप्रति उत्तरदायी हुनुपर्छ : मन्त्री बुढा « Khabarhub

जनप्रतिनिधि जनप्रति उत्तरदायी हुनुपर्छ : मन्त्री बुढा


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गण्डकी प्रदेश सरकारका भूमी व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । ताराखोला गाउँपालिका वडा नं ३ हिल घुस्मेलीमा त्रिशुली युवा क्लवले आयोजना गरेको हरिबोधनी एकादशी मेलालाई सम्वोधन गर्दै मन्त्री बुढाले यस्तो बताएका हुन् ।

जिल्लाको दुर्गम गाउँमा रहेर पनि क्लवले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै मन्त्री बुढाले गाउँमा भएका प्राकृतिक स्रोत, कृषि, वन पैदावार उपयोग गरेर उत्पादनमा जोडिन आम नागरिकलाई आग्रहसमेत गरे । उनले गण्डकी प्रदेश सरकारले एक घर एक धाराको अवधारणा अनुसार ताराखोला गाउँपालिकामा सबै घरधुरीमा खानेपानी पुर्‍यमउने लक्ष्य राखेको बताए ।

गण्डकी प्रदेशका सांसद दिलमाया रोकाले युवाहरु समाज परिवर्तनका संवाहक भएकोले युवाहरुले समाज रुपान्तपणमा सकरात्मक र रचनात्मक भूमिका खेल्नुपर्ने बताइन् । संस्थाले गाउँपालिका भित्र गरेका सामाजिक गतिविधिले आफू हर्षित भएको उल्लेख गर्दै सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोगमा आफू प्रतिवद्व रहेको उनको भनाइ छ । त्यस्तै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले युवाहरु विकास निर्माणका काममा अग्रसर भए समाजले छोटो समयमा नै काँचुली फेर्ने बताए ।

मेलाको अवसरमा आयोजना गरिएको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा नगद रु ६५ हजार ट्रफी र मेडलसहित सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले उपाधि उचालेको छ । प्रतियोगितामा गलकोट नगरपालिका वडा नं २ नरेठाँटी दोस्रो भएको छ । मेलामा सामूहिक लोक नृत्य लगायतका विविध कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष जीवन बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : ०७ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि