श्री राज देवीले ल्यायो नँया किटाणुनाशक उत्पादन नेपाली बजारमा « Khabarhub

श्री राज देवीले ल्यायो नँया किटाणुनाशक उत्पादन नेपाली बजारमा


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्री राज देवी इन्टरनेशनल प्रालिले नेपाली बजारमा भोलाभेला नामक नँया किटाणुनाशक उत्पादन नेपाली बजारमा बिक्रि वितरण आरम्भ गरेको छ।

रसियास्थित जेएससी कन्सर्न ग्र्यानीटद्वारा उत्पादित भोलाभेला कोरोना, सार्स, हेपाटाइटिस ए, बी, सी, इको र एचआईभी जस्ता विभिन्न खतरनाक किटाणुहरु विरुद्ध अत्यन्त प्रभावकारी रहेको वैज्ञानिक रुपमा पुष्टि भइसकेको छ। विशेष भौतिक रसायनिक गुणहरु भएको यस उत्पादनले यस्ता किटाणुहरुबाट मानव स्वास्थ्यलाई सुरक्षित राख्ने कम्पनीले दाबी गरेको छ ।

अत्यन्त न्यून एलर्जीको सम्भावना भएको भोलभेल कुनै पनि वस्तुको माथिल्लो सतह, लुगा, मास्क र छालामा प्रयोग गर्न सकिन्छ। यसैगरी, सार्वजनिक स्थान, कार्यालय, सवारी साधन, अस्पताल, शैक्षिक संस्था इत्यादि लाई किटाणुहरुबाट सुरक्षित राख्न यो निकै उपयोगी छ।

नेमाउकस्टिक नोजलको विशेषताले सम्पन्न भोलभेल प्रयोग गर्दा हानिकारक रसायनले स्वासप्रस्वासको माध्यमबाट प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने सम्भावना निकै कम हुन्छ।

‘विगत २ वर्षदेखि नेपाललगायत विश्वका धेरै मुलुकहरु कोरोना महामारीबाट पीडित भइरहेका छन्। यसै सन्दर्भमा अल्कोहलमुक्त भोलभेलले यस कीटाणुबाट चौबिसै घण्टा सुरक्षा प्रदान गर्दछ,’ श्री राज देवी इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक पवन कुमार गर्गले भने, ‘नेपाली उपभोक्ताहरुको स्वास्थ्यलाई कोरोना महामारीबाट प्रभावकारी रुपमा सुरक्षित राख्ने ध्येयले हामीले यस उत्पादन नेपालमा भित्र्याएका हौँ ।’ यो उत्पादन नेपाल ल्याउनका लागि नेपालस्थित रसियन दुतावासको सहयोग रहेको छ । धेरै वर्षपछि नेपाल र रसियाको सिधा व्यापारिक सम्पर्क सुरु भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : ३२ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको