जनसांस्कृतिक महासङ्घको सातौँ राष्ट्रिय सम्मेलन आज « Khabarhub

जनसांस्कृतिक महासङ्घको सातौँ राष्ट्रिय सम्मेलन आज


१ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनसांस्कृतिक महासङ्घ नेपालको सातौँ राष्ट्रिय सम्मेलन आज (बिहीबार) सुरु हुँदै छ ।

विसं २०३८ मा स्थापित सङ्गठनको सम्मेलन भोलिसम्म चल्नेछ । श्रमजीवी एवं शोषित, उत्पीडित जनताले निर्माण गरेका असल संस्कृतिको संरक्षण, विकृत संस्कृतिको उन्मूलन र अग्रगामी संस्कृतिको सिर्जना र विकास गर्ने लक्ष्य राखेर सम्मेलन गर्न लागिएको आयोजक समितिका संयोजक सरल सहयात्रीले बताए । सहयात्रीले नेपालका प्रगतिवादी-प्रगतिशील सांस्कृतिक आन्दोलन, दशवर्षे जनयुद्ध र विभिन्न जनआन्दोलनमार्फत निर्देशित परिवर्तनको मार्गलाई आत्मसात् गरेर सङ्गठन अघि बढिरहेको जानकारी उनले जानकारी दिए ।

महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दलभित्र र बाहिर देखापरेका विचलन, विकृति र विसङ्गति, गलत चिन्तन र प्रवृत्तिलाई परास्त गर्न कला, साहित्य र संस्कृतिका क्षेत्रबाट वैज्ञानिक एवं गतिशील सङ्गठनात्मक संरचना निर्माण गरी अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समाजवादी यथार्थवादी सांस्कृतिक मूल्य स्थापित गर्न पहलकदमी लिने बताएको छ ।

उनका अनुसार परम्परागत जनसंस्कृति, मूर्त तथा अमूर्त सम्पदा, प्रदर्शनकारी कला, फोटोग्राफी, भिडियो ग्राफी, फेसन डिजाइन, सङ्गीत, नाटक, चलचित्र, हस्तकला, लोककला, वाद्ययन्त्र आदिको अध्ययन, अनुसन्धान, संरक्षण र सम्बर्धन र प्रबर्द्धनका लागि आवश्यक अध्ययन, अनुसन्धान, संरक्षण, सम्बर्द्धन र विकास गर्ने तथा सोका लागि केन्द्रीय, प्रदेश र स्थानीयस्तरको प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरिने छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ८ : ५० बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला