जनसांस्कृतिक महासङ्घको सातौँ राष्ट्रिय सम्मेलन आज « Khabarhub

जनसांस्कृतिक महासङ्घको सातौँ राष्ट्रिय सम्मेलन आज


१ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनसांस्कृतिक महासङ्घ नेपालको सातौँ राष्ट्रिय सम्मेलन आज (बिहीबार) सुरु हुँदै छ ।

विसं २०३८ मा स्थापित सङ्गठनको सम्मेलन भोलिसम्म चल्नेछ । श्रमजीवी एवं शोषित, उत्पीडित जनताले निर्माण गरेका असल संस्कृतिको संरक्षण, विकृत संस्कृतिको उन्मूलन र अग्रगामी संस्कृतिको सिर्जना र विकास गर्ने लक्ष्य राखेर सम्मेलन गर्न लागिएको आयोजक समितिका संयोजक सरल सहयात्रीले बताए । सहयात्रीले नेपालका प्रगतिवादी-प्रगतिशील सांस्कृतिक आन्दोलन, दशवर्षे जनयुद्ध र विभिन्न जनआन्दोलनमार्फत निर्देशित परिवर्तनको मार्गलाई आत्मसात् गरेर सङ्गठन अघि बढिरहेको जानकारी उनले जानकारी दिए ।

महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दलभित्र र बाहिर देखापरेका विचलन, विकृति र विसङ्गति, गलत चिन्तन र प्रवृत्तिलाई परास्त गर्न कला, साहित्य र संस्कृतिका क्षेत्रबाट वैज्ञानिक एवं गतिशील सङ्गठनात्मक संरचना निर्माण गरी अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समाजवादी यथार्थवादी सांस्कृतिक मूल्य स्थापित गर्न पहलकदमी लिने बताएको छ ।

उनका अनुसार परम्परागत जनसंस्कृति, मूर्त तथा अमूर्त सम्पदा, प्रदर्शनकारी कला, फोटोग्राफी, भिडियो ग्राफी, फेसन डिजाइन, सङ्गीत, नाटक, चलचित्र, हस्तकला, लोककला, वाद्ययन्त्र आदिको अध्ययन, अनुसन्धान, संरक्षण र सम्बर्धन र प्रबर्द्धनका लागि आवश्यक अध्ययन, अनुसन्धान, संरक्षण, सम्बर्द्धन र विकास गर्ने तथा सोका लागि केन्द्रीय, प्रदेश र स्थानीयस्तरको प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरिने छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ८ : ५० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल