मान्छेलाई प्रेमपूर्वक बाँच्न सिकाउने पावेलको त्यो प्रयास | Khabarhub Khabarhub

मान्छेलाई प्रेमपूर्वक बाँच्न सिकाउने पावेलको त्यो प्रयास


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १५ डिसेम्बर १९४६ का दिन फिल्म ‘अ म्याटर अफ लाइफ एन्ड डेथ’ रिलिज भएको थियो । यस फिल्मले ७५ औ जन्मगाँठ मनाइरहँदा पनि यसको चर्चा अहिले पनि छ । पटक पटक यो फिल्म हेर्नेको सङ्ख्यामा कमी छैन । अहिले पनि शक्ति, सुन्दरता र कलाका कारण यो सिनेमा धेरैका लागि प्रिय मानिन्छ ।

माइकल पावेलको रोमान्टिक तथा कलात्मक यो फिल्म दोस्रो विश्व युद्धको सेरोफेरोमा निर्माण भएको हो । ब्रिटिस एयर फोर्सका पाइलट पिटर कार्टर (डेभिड निभेन) र अमेरिकी रेडियो अपरेटर जुन (किम हन्टर) का बीच प्रेम नै यो फिल्मको मुख्य विषय हो । नायक बसेको विमान नै जलेर भुईँमा खसे पनि उनीहरूको प्रेम भने अजर र अमर रहेको कथा फिल्ममा देखाइएको छ ।

सन् २००४ मा टोटल फिल्मले यो फिल्मलाई सर्वकालीन उत्कृष्टको सूचीमा दोस्रो स्थानमा सूचीकृत गरेको थियो । साइट एन्ड साउन्डले सन् २०१२ मा सर्वकालीन उत्कृष्ट फिल्मको सूची तयार गर्दा यसलाई ९० औँ स्थानमा राखेको थियो । माइकल सिन, स्टेफन फ्लाइ, डानियल रेडक्लिफ लगायत फिल्म समीक्षकको भने यो मन पर्ने चलचित्र नै हो ।

निर्देशक मार्टिन स्कोरसेसले नयाँ प्रविधिका साथै डाइलग प्रस्तुतिको नयाँ शैली प्रयोग गरेर थुप्रै नयाँ दर्शकलाई फिल्ममा आकर्षित गरेका थिए। यो नै उनको विशेषताको रूपमा धेरैले मनन गर्ने गरेका छन् । २००७ मा स्कोरसेसले यस फिल्मका बारे चर्चा गर्दै यसले जीवनका विभिन्न रङ्गहरूलाई प्रस्तुत गरेको बताएका छन् ।

ओस्कार अवार्ड विजेता थेल्मा सोनमेकर १९६७ देखि स्कोरसेससँग सहकार्य गरिरहेकी छिन् । उनले पनि म्याटर अफ लाइफ एन्ड डेथले हृदयको भित्री कुनामा बसेको बताएकी छिन् । स्कोरसेसमार्फत चिनजान भएपछि उनले सन् १९८४ मा पावेलसँग विवाह गरेकी थिइन् । पावेलको सन् १९९० मा निधन भइसकेको छ । उनको विरासतलाई थेग्नकै लागि उनले ३१ वर्ष यता फिल्मी क्षेत्रमा अझ बढी सक्रियता देखाएकी छिन् ।

उनले पनि अहिले ‘म्याटर अफ लाइफ एन्ड डेथ’ लाई कालजयी, चमकदार र रोमान्टिक बताउँदै यस फिल्मले मानिसको सोचाइ नै परिवर्तन गर्ने प्रतिक्रिया दिएकी छिन् ।  धेरै जनाले त यस फिल्मले  गजबको भावना सृजना गर्ने बताएका छन्, जुन भावना अन्य कुनै पनि फिल्म हेर्दा सिर्जित हुँदैन ।  सो समयमा ब्रिटिस चलचित्र धेरै गम्भीर प्रकृतिमा थिए । उनी भने यस फिल्मलाई गम्भीरभन्दा पनि बढी भावनात्मक भन्न रुचाउँछिन् ।

दोस्रो विश्व युद्धपछि संसारका धेरै देशका एक अर्काका सम्बन्ध भत्किएका थिए । यो सम्बन्ध पुर्न स्थापित गर्न फिल्म महत्त्वपूर्ण हुन सक्छ भन्ने बेलायती सञ्चार मन्त्रालयका फिल्म विभागका प्रमुख ज्याक बेडिङटनाई लागेको थियो । यसै कारण उनले पावेललाई यस अनुसारको फिल्म बनाउन अनुरोध गरेपछि त्यसै अनुरोधमा पावेलले यो नयाँ शैलीको फिल्म बनाएका थिए ।

स्कोरसेससँग लामो सङ्गत गरेको फिल्म इतिहासका ज्ञाता इयान क्रिस्टले युद्ध सकिनै आँटेको समयमा यस फिल्मले महत्त्वपूर्ण छाप छाडेको बताएका छन् । पावेल र प्रोस्बर्गरको जिन्दगी नै कायापलट गर्न स्कोरसेसले निभाएको भूमिकामा कृष्ट पनि मुख्य सहयोगी रहेका थिए ।

‘बेलायती दूतावासबाट प्राप्त सूचनाको आधारमा अमेरिकीले साँच्चै हामीलाई घृणा गर्थे । तिनीहरूको  बेलायती सम्राटप्रति चरम घृणाको भाव थियो । युद्धको समाप्तिसँग उनीहरू हामीहरूसँग सम्पर्क गर्न नै चाहँदैन थिए । बेलायत अझै अमेरिकासँग हातेमालो गर्न चाहन्छ भन्ने सन्देश दिनका लागि यो एउटा राम्रो प्रोपोगान्डा थियो ’ त्यस समयको फिल्मको आवश्यकताबारे क्रिस्टले भने ।

पावेल र प्रोस्बर्गरको जीवनको त्यो समयसम्मको यात्रा नै ४९ औ समानान्तर रेखा झैँ थियो । त्यसो त ‘लाइफ एन्ड डेथ’को निर्माण गर्न मन्त्रालयको चासोलाई धेरैले  बेलायतले आफ्नो साम्राज्यवादी नीतिमा पुर्नविचार गर्न आवश्यक ठानेको धेरैको बुझाइ छ । कतिपयले युद्धको समाप्तिमा यसको आवश्यकता भएको औँल्याएका छन् । युद्ध सकिएलगत्तै बनेको यो फिल्म व्यावसायिक रूपले अत्यन्त सफल भएको थियो।

धेरैले स्कोरसेस र उनको टिमले गरेको यो साहसलाई हेर्ने दृष्टिकोण पनि फरक रहेको थियो । राष्ट्रियता, भूगोल सीमा र शक्तिलाई प्रमुख ठान्ने एउटा ठुलो समूह थियो । प्रेम, मानवीय भावना र उद्वेगका सामु यी सबै गौण हुन् भन्ने मान्यताको विकास बेलायतीमा सुरु भइसकेको थियो । युद्धको समयमा क्षति बेहोर्ने परिवार र उनका आफन्तमा यो सोच पलाउनु स्वाभाविक पनि थियो । यो फिल्मपछि स्कोरसेसलाई भने यसै स्तरको फिल्म बनाउने दबाबले सधैँ थिचिरह्यो । यस अगाडी चलेका सारा फिल्म सम्बन्धी मान्यतालाई कुल्चिएर तयार पारिएको यो फिल्मसँगै बेलायती सिने उद्योगमा नयाँ साहस गर्ने हिम्मत धेरै निर्माता र निर्देशकलाई पलाएको थियो ।

यो फिल्मको निर्माणमा बारम्बार समस्या नआएको होइन । सञ्चारमन्त्रीकै इच्छा मुताबिक निर्माण भएको भए पनि सर विन्स्टन चर्चिलले सुरुवाती दिनमा यसलाई अनुमति दिन हिच्किचाए । उनी निर्माण प्रक्रिया नै स्थगित हो भन्ने चाहनामा रहेको तत्कालीन समयका राजनीतिक समीक्षकको मत छ ।

फिल्म निर्माणको समयमा धेरै समस्या र उल्झन आएपछि प्रमुख कलाकार डेबोन केयर हलिउड जाने निर्णयमा पुगेकी थिइन् । सो समयमा पावेलले केयरको सफलताका लागि कुनै पनि दुख झेल्न पछि नपर्ने कसम खाँदै उनलाई त्यहीँ रोकेका थिए । पावेलको त्या फिल्म निर्माण गर्ने कुरामा देखिएको प्रतिबद्धता र समर्पण पनि साँच्चै आश्चर्यलाग्दो थियो ।

फिल्म निर्माणको समयमा एलाइज पावरले जीत हात पार्ने कुरामा पावेल प्रस्ट थिए । यसकारण उनले यस युद्धको हरेक छिद्रबाट बाहिर निस्कँदै बेलायतीहरू नयाँ ढङ्गले सोच्न थालुन् भन्ने चाहन्थे । यस कारण उनले रोमान्टिक पाराको यस फिल्म निर्माणमा चासो दिएका थिए ।

समीक्षक क्रिष्टको अनुसार वर्षौँदेखि मस्तिष्कमा हाबी भइरहेको कुरालाई त्यागेर मानिसहरू भिन्न शैलीले सोच्न थालुन् भन्ने पावेलको चाहनाले भने पूर्णता पाएको थियो । संयोगवश यो फिल्मको प्रीमीयर १९४६ मा भएको थियो, जुन समय संसारले नै एकताबद्ध हुन आवश्यकता ठानेको थियो ।

फिल्मको प्रिमियर पछि बेलायती सरकार यसले युरोपमा नयाँ उत्साह थप्नेमा ढुक्क भएको थियो । यस फिल्मपछि बेलायतीलाई युरोपेली लगायत युद्धरत समयका सबै प्रतिद्वन्द्वी देशले सकारात्मक सोचाइ राख्ने कुरामा बेलायती सरकार पनि सहमत भएको थियो । यसै फिल्मले युरोपलाई निराशाबाट सृजनात्मक र रोमान्टिक दिशामा अघि लैजान सहयोग गरेको कुरामा बेलायती सरकार एक मत नै थियो ।

क्रिष्टकै विचारमा संसार यस्तो युद्धको समाप्तिमा थियो, जुन युद्धले हरेक व्यक्ति प्रभावित थियो । मानिसमा एक आपसका व्यक्तिगत अधिकार र स्वतन्त्रतालाई सम्मान गरेर बाँच्न सिक्नुपर्छ भन्ने भावना पलाइसकेको थियो । यो भावनालाई त फिल्मले पूर्ण रूपमा समेटेको थियो नै ।  साथै, डिप रोमान्सले फिल्मलाई अर्को सफलता दिलाएको थियो । बेलायती र अमेरिकी शासकका सामु ‘तिमीहरूका नागरिक एक आपसमा प्रेम गरेर बाँच्न चाहन्छन् भन्ने अब झगडा गर्नुको औचित्य छैन ’भन्ने सन्देश दिन पनि फिल्म सफल भएको थियो ।

यस स्तरको फिल्म बन्नुमा प्रोस्बर्गरको उत्कृष्ट स्क्रिप्टले काम गरेको थियो । हंगेरीका उपन्यासकार फ्रिगेज क्यारेन्थाइको सेमी अटो बायोग्राफीकल उपन्यास ‘अ जर्नी राउन्ड माई स्कल’बाट धेरै कुरा उद्धृत गरिएको थियो ।

यसका संवादलाई पावेलले धेरै स्थानमा आफ्नै उत्साह र रुचि अनुसार  परिमार्जन गरेका थिए ।  संवादमा धेरै इतिहास र साहित्यका कुरा उल्लेख थिए । तर, यो भन्दा धेरै काव्यात्मक थियो । सोनमेकरकै विचारमा पनि यसै फिल्म मार्फत उनले सम्पूर्ण फिल्म निर्माण प्रविधिसँग आफूलाई अभ्यस्त राख्न पाएकी थिइन् । यस कारण उनका लागि पनि यो विशेष फिल्म थियो ।

छायाङ्कनको समय सम्झँदै अहिले पनि त्यस समयका कलाकार रमाउने गर्छन् । थुप्रै पटक कथाको भाव आफ्नो अनुहार ल्याउनका लागि माइकलले स्कोरसेसलाई भनेर होइन गरेरै देखाउन अनुरोध गरेका थिए ।

यस ऐतिहासिक फिल्ममा काम गर्न पाउँदाको क्षण सम्झँदै सोनमेकर भन्छिन्, ‘मात्र एउटा प्रेम कथा तर एउटा यस्तो बोल्डनेस र ह्युमर । यो सधैँको चुनौतीपूर्ण थियो र घत लाग्दो ।’

उनकै विचारमा प्रेम, आशा र बौद्धिकता बाह्रमासे हुन्छन् । तर, यसको परिभाषा जुनसुकै समयमा बदलिन सक्छ । १९८४ मा पावेलको निधनअघि नै यो फिल्मको भावनाले वैधानिकता पाइसकेको थियो ।

यस कारण उनको जीवन पनि सार्थक भएको धेरैलाई अनुभूत भएको थियो ।

सोनमेकर भन्छिन्, ‘पावेलले सधैँ भन्ने गर्थे कि प्रेममा त्याग मिसिएको हुन्छ । त्याग सधैँ प्रेमसँग सम्बन्धित हुन्छ । यस कारण मलाई लाग्छ, उनले यो सबै मेरा लागि पनि गरेका हुन् । मैले जे गरी रहेको छु त्यो उनका लागि पनि हो । उनको निधनको समयमा पनि मैले उनको अनुहारमा मप्रति प्रेमकै भाव पाएँ ।’

सोनमेकरकै अनुसार पावेललाई कसरी बाँच्नुपर्छ भन्ने थाहा थियो । यसै गरी बाँच्न संसारलाई सिकाउन खोजे । हतियाररहित संसारको चाहना गर्ने र आजको पुस्ता नै पावेलका साँचो अनुयायी हुन् ।  पावेल यो संसारमा नभएको तीन दशक नाघे पनि ७५ वर्ष अघिको त्यो चलचित्रको सधैँ महत्त्व रहने छ, जसले मानिसलाई घृणा सँगालेर होइन प्रेम गरेर बाँच्न सिकाएको थियो ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १२ : १० बजे

गुल्मीमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु, दुईजना बेपत्ता

गुल्मी– गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै

‘यश कुमार अब अमर छ’

काठमाडौं – यश कुमार बहुप्रतिभाशाली कलाकार हुन् । उनले गायक, संगीतकार,

पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग

काठमाडौं– नेपाल सामुदायिक पुस्तकालय सङ्घले प्रदेश र स्थानीय तहमा पुस्तकालय

पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाको भरमा

काठमाडौं– कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ

युरोकप : आजदेखि अन्तिम १६ का खेल हुँदै, इटाली र स्वीट्जरल्याण्ड भिड्ने

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आजदेखि नकआउट