आर्सनल विजयी, साउथह्याम्पटन र क्रिस्टल बराबरी | Khabarhub Khabarhub

आर्सनल विजयी, साउथह्याम्पटन र क्रिस्टल बराबरी


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ह्याम युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा आर्सनलले युनाईटेडलाई सहज जित निकालेको हो । आर्सनललाई जित दिलाउन गाब्रियल मार्टिनेली र इमिल स्मिथले एक एक गोल गरेका थिए । ६७ औं मिनेटमा भ्लादमिर काउफलले रातो कार्ड पाएपछि वेस्ट ह्याम १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै १७ खेलमा २९ अंक जोडेको आर्सनल चौंथो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम २८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ ।

प्रिमियर लिग अन्तर्गत भएका अन्य दुई खेलमा उल्भ्सले ब्राइटनलाई १-० ले हराएको छ भने साउथह्याम्पटन र क्रिस्टल प्यालेसले २-२ गोलको बराबरी खेलेको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ९ : २९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले