ओलीलाई प्रचण्डको चुनौती- ‘ज्ञानेन्द्रसँगको सम्झौता प्रमाणित गरेर देखाउनुहोस्’ « Khabarhub

ओलीलाई प्रचण्डको चुनौती- ‘ज्ञानेन्द्रसँगको सम्झौता प्रमाणित गरेर देखाउनुहोस्’


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीलाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग माओवादी अध्यक्ष प्रचण्डले पाँचबुँदे सहमति गरेको भनेर बुधबार सार्वजनिक कार्यक्रममार्फत आरोप लगाएका थिए ।

सो अभिब्यक्तिप्रति आपत्ति जनाउँदै प्रचण्डले बिहीबार एक वक्तव्य निकालेरओलीलाई ‘पाँचबुँदे सहमति’प्रमाणित गर्न चुनौती दिएका हुन् ।
सम्झौता प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न आग्रह गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले ओलीलाई मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौं टाढा भागेको पनि टिप्पणी गरेका छन् । उनले ओलीलाई झुट, बेइमानी र धोकाको अर्को नाम भएको आरोप लगाएका छन् ।

यस्तै माओवादी अध्यक्ष प्रचणडले आजको पुँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबी पनि गरेका छन् । नेपालको सेयर बजारका सन्दर्भमा आफ्नो पार्टी लाखौं लगानीकर्ताको हितका पक्षमा रहेको उल्लेख गरेका छन् ।

दलाल पुँजीपतिको झुटो प्रचारबाट भ्रमित नहुन भन्दै उनले सेयर होल्डरहरुसँग आग्रह समेत गरेका छन्। यसअघि प्रचण्डले सेयरबजारबारे दिएको नबुझेरै अभिव्यक्ति दिएको भन्दै ओलीले टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ९ : ५५ बजे

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को