नाचघरमा एक सातासम्म ‘एक चिहान’ « Khabarhub

नाचघरमा एक सातासम्म ‘एक चिहान’


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपन्यास ‘एक चिहान’लाई यही पुष ३ गते शनिबारबाट रंगमञ्चमा हेर्न पाईने भएको छ । उपन्यासकार हृदयचन्द्र सिंह प्रधानको उपन्यासलाई रमेश बिजीले नाटकमा रुपान्तरण गरेका छन् । एक वर्षपछि सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले यसलाई पुनः मञ्चन गर्दैछ ।

नाट्यकर्मी वीरेन्द्र हमालको निर्देशन रहने यो नाटक पुष ९ गतेसम्म मञ्चन हुनेछ । विद्यार्थीहरुलाई लक्षित गरेर यसपटक यो उपन्यासलाई नाटकको रुपमा मञ्चन गरिएको हो ।

यसलाई दैनिक बिहान ८ बजे बिहान ११ बजे र दिउँसो २ बजे गरी दैनिक ३ वटा सो मञ्चन गरिने भएको छ । नाटक ७ दिनसम्म नाचघरमा मञ्चन हुनेछ । कक्षा १२ तथा स्नातकका विद्यार्थीहरुका लागि सम्बन्धित स्कुल तथा कलेजले पुरा शो नै किन्न सक्ने पनि नाचघरले जनाएको छ ।

हाल नाटकको अभ्यासको काम भइरहेको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १२ : १८ बजे

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको