‘नेपाल मिडिया अवार्ड’मा ब्लु चिपको सहकार्य « Khabarhub

‘नेपाल मिडिया अवार्ड’मा ब्लु चिपको सहकार्य


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालमा पहिलो पटक सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘नेपाल मिडिया अवार्ड’ मा दुबईको ब्लु चिप इन्भेष्टमेन्ट कम्पनीले सहकार्य गर्ने भएको छ । लाइफ इन्स्योरेन्स करर्पोरेसन मुख्य प्रायोजक रहेको यो अवार्डका लागि आयोजक संस्था ड्रिम हाइ नेपाल र ब्लु चिप इन्भेष्टमेन्ट कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

दुबईमा ट्रेडिङ विजनेश लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ब्लु चिप इन्भेष्मेन्ट कम्पनीले बलिउड र साउथका कयौं फिल्ममा समेत लगानी गरेको छ । ब्लु चिपका सिइओ रविन्दरनाथ सोनीले नेपालमा हुने अवार्ड कार्यक्रममा जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

ब्लू चिप एफएक्स र लालचन बिल्डर्स (सोम लालचन) को पनि सहकार्य गरेको अवार्डको कार्यक्रम निर्मात्रीमा पुनम यादव छिन् । पुनमले यसअघि केही हिन्दी गीत निर्माण गरिसकेकी छन् भने चाँडै नेपाली र बलिउड फिल्म निर्माण गर्ने तयारीमा समेत छिन् ।

नेपाल पत्रकार महासंघसँगको सहकार्यमा आयोजना हुन लागेको ‘नेपाल मिडिया अवार्ड’ मा टेलिभिजन, छापा माध्यम, एफ.एम. रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत संचार माध्यम र सञ्चारकर्मीको पछिल्लो एक वर्ष यताको उपस्थिति र प्रस्तुतीलाई आधार बनाएर सम्मान प्रदान गरिने आयोजक संस्थाका प्रमुख कमल जिसिले जानकारी दिएका छन् । यो अवार्डसँग होटल एशोसियन स्पोन्सरको रुपमा ‘डबल ट्रि बाई हिल्टन’ पनि जोडिएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १ : १० बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ