१७ वर्षपछि कुश्मीशेरा बजारको सडक कालोपत्र हुँदै « Khabarhub

१७ वर्षपछि कुश्मीशेरा बजारको सडक कालोपत्र हुँदै


१ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा–कुश्मीशेरा बजारको सडक कालोपत्र गर्न थालिएको छ । पालिका मुकाममा रहेको बजार हिउँदमा धुलो र वर्षामा हिलाम्मे भएको भन्दै सर्वसाधारणले आलोचना गर्न थालेपछि जैमिनी नगरपालिकाले कालोपत्र गर्न थालेको हो ।

नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजित बजेटबाट काम थालेको भए पनि वर्षाका कारण काम हुन सकेको थिएन । म्याद थप भएको योजनाको काम पुस महिनाभित्रै सकिने गरी कालोपत्रको काम सुरु भएको इञ्जिनियर विवेक सापकोटाले बताए ।

जैमिनी नगरपालिकाको जैमिनी धामदेखि कुश्मीशेरा बजार निस्किने २.५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रको कामका लागि प्रतिस्पर्धा गर्दा बचेको रु ७० लाख बजेटले मुकामको सडक कालोपत्र गर्न थालिएको हो । रु ५२ लाखको लागमा झन्डै आधा किलोमिटर सडक कालोपत्र र ढलान हुनेछ ।

पुरानो बजारक्षेत्र कालोपत्र भए पनि नयाँ बजार विस्तार भइरहेको क्षेत्रमा पनि कालोपत्र गर्ने योजना नगरपालिकाको छ । सहरी विकास मन्त्रालयसँगको समन्वयमा नयाँ बजार क्षेत्र कालोपत्रको काम गरिने उनले बताए । दक्षिण बागलुङको केन्द्र मानिने कुश्मीशेरा बजारमा बजार विस्तार भए पनि सडक विस्तार हुन सकेको थिएन । पछिल्लो समय नगरपालिकाले सडक नाली, असजिलो सडकमा ढलान तथा ग्राभेल र साँघुरा सडक फराकिला बनाउँदै आएको छ ।

विसं २०६० को दशकमा सडक पुगेको कुश्मीशेराले कालोपत्र सडक देख्न झण्डै १७ वर्ष कुर्नुपरेको थियो । सदरमुकामदेखि जैमिनी नगरको मुकाम जाने सडकमध्ये डेढ किलोमिटर सडकमात्रै जैमिनी नगरपालिकामा कालोपत्र छ । बजारको सडक कालोपत्र भएपछि सर्वसाधारणलाई आवातजावतमा सहज हुने वडाध्यक्ष भूपेन्द्र थापाले बताए । व्यापारिक केन्द्रसमेत भएकाले यहाँ सर्वसाधारण चाप धेरै छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  २ : १५ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको