मिनेन्द्र रिजाल राजनीतिबाटै अलग हुन लागेका हुन् ? (भिडियो) « Khabarhub

मिनेन्द्र रिजाल राजनीतिबाटै अलग हुन लागेका हुन् ? (भिडियो)


१ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसको १४ औँ महाधिवेशनमा डा. शेखर कोइराला प्यानलमा रहेन महामन्त्रीमा उम्मेदवारी दिएका डा. मिनेन्द्र रिजालले पारजित भएपछि विहीबार रक्षामन्त्री पदबाट राजीनामा दिँदा प्रधानमन्त्रीलाई लेखेको पत्रमा पार्टी भित्रको आफ्नो अवस्थाबारे अवगत भएको उल्लेख गरेका छन् ।

उनले पार्टीमा आफ्नोअवस्था संकुचनमा रहेको पाएपछि पदमा बसिरहन नैनितकताले नदिएको भन्दै पदबाट राजीनामा दिएका छन् । राजीनामा दिएपछि उनले पत्रकार सम्मेलन गरेर थप विषय स्पष्ट पारेका छन् ।

डा. रिजालले आफूले मन्त्री पदबाट भावावेशमा राजीनामा नदिएको बताए । उनले महामन्त्रीको उम्मेदवार बन्दैगर्दा यही गर्छु भनेर मनमा सोचिसकेको बताए । तर, आफ्नो निर्णयबारे पार्टीका नेताहरुसँग छलफल नगरेको तर आफ्नी श्रीमतीसँग भने छलफल गरेको उनले बताए ।

६५ वर्षको पुगिसकेको भन्दै उनले आगामी दिनको योजना भने सोचेर बनाउने बताए । उनको यो भनाइपछि पत्रकारहरुले राजनीति नै छाड्न लागेको हो ? भनेर प्रश्न गरेका थिए । रिजालले अहिले निर्णय गरिनसकेको तर त्यस्तो सम्भावना छैन भन्ने नभएको बताए । उनले सक्रिय राजनीति छाड्ने संकेत भने गरे।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ५ : ३९ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई