महामन्त्रीमा पराजित प्रदिपले गगन–विश्वलाई बधाई दिँदै भने : रुपान्तरणको अभियानमा सहयोग गर्छु « Khabarhub

महामन्त्रीमा पराजित प्रदिपले गगन–विश्वलाई बधाई दिँदै भने : रुपान्तरणको अभियानमा सहयोग गर्छु


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महामन्त्रीमा पराजित प्रदिप पौडेलले विजयी महामन्त्री द्वोय गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई दिँदै कांग्रेस रुपान्तरणको अभियानमा सहयोग गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ‘हामीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व छनोटको मित्रवत निर्वाचन प्रक्रिया अपनायौं । लोकतन्त्रको सौन्दर्य भनेको स्वस्थ निर्वाचन नै हो । निर्वाचनमा हार जीत अवश्य हुन्छ । निर्वाचनबाट प्राप्त मतलाई स्वीकार गर्नु लोकतन्त्रको अभ्यास हो ।’

उनले आगामी दिनमा कांग्रेसका लागि आफू अझै सक्रिय रहने बताएका छन् । उनले कांग्रेसलाई वैचारिक, सांगाठनिक रुपमा अगाडि बढाउन लागिरहने बताएका छन् । पौडेल सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए ।

हामीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व छनोटको मित्रवत निर्वाचन प्रक्रिया अपनायौं । लोकतन्त्रको सौन्दर्य भनेको स्वस्थ निर्वाचन नै हो । निर्वाचनमा हार जीत अवश्य हुन्छ । निर्वाचनबाट प्राप्त मतलाई स्वीकार गर्नु लोकतन्त्रको अभ्यास हो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा विजयी हुनुभएका गगन कुमार थापा र विश्व प्रकाश शर्मालाई हार्दिक बधाई एवम् शुभकामना ।

साथीहरुको अपार माया र साथले प्राप्त परिणामले नेपाली कांग्रेसको गतिशीलता खोजी रहेका लाखौं कार्यकर्ता र आम जनताका लागि नयाँ इतिहास निर्माण गर्ने अवसर दिलाएको छ । यो प्राप्त अवसर प्रति म अत्यन्तै खुशी छु । कांग्रेस रुपान्तरणको यस अभियानमा सम्पूर्ण साथीहरूलाई मेरो साथ र सहयोग रहने वचनबद्धता व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्दछु ।

कांग्रेसलाई गतिशील बनाउन म अझ सक्रिय रहिरहने छु । आगामी दिनमा मेरो सम्पूर्ण प्रयत्न पार्टीलाई वैचारिक र सांगठनिक रुपमा अझै सशक्त बनाउन केन्द्रित हुनेछ ।

१४ औं महाधिवेशनमा मलाई विश्वास गरेर महामन्त्रीमा मत दिनुहुने र महाधिवेशन सफल बनाउन सक्रियताका साथ सहभागी महाधिवेशन प्रतिनिधिलगायत सबै क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तक एबं हितैषी साथीहरु र समग्र कांग्रेस परिवारप्रति सुहृदय आभार एवम् धन्यवाद व्यक्त गर्दछु ।
जय नेपाल !

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ७ : ३६ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार