मतगणना जारी तीन सहमहामन्त्रीमा देउवा प्यानलकै अग्रता « Khabarhub

मतगणना जारी तीन सहमहामन्त्रीमा देउवा प्यानलकै अग्रता


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको सहमहामन्त्रीको मतणना विहीबार जारी छ । ८ सहमहामन्त्रीमध्ये अहिले पार्टी कार्यालय सानेपामा तीन सहमहामन्त्रीको मतगाण्ना जारी छ ।

दलित सहमहामन्त्रीको १७८० मतगणना हुँदा सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवार मानबहादुर विश्वकर्माल झिनो अग्रता बनाएका छन् । उनले ८३९ मत पाएका छन् भने डा. शेखर कोइराला प्यानलका उम्मेदवार जीवन परियारले ८३१ मत पाएका छन् ।

महिला सहमहामन्त्रीको १५०४ मतगणना हुँदा देउवा प्यानकै उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिएकी छन् । उनले ८०३ मत पाउँदा कोइराला समूहकी उम्मेदवार कमला पन्तले ६८३ मत पाएकी छन् ।

यस्तै आदिवासी सहमहामन्त्रीको ८९९ मतगणना हुँदा देउवा प्यालकै भीष्मराज आङ्दाम्बेले ५१८ मतसहित अग्रता लिएका छन् । कोइराला समूहका विकास लामाले ३५७ मत पाएका छन् ।

अन्य पाँच सहमहामन्त्रीको मतणना भने सुरु भएको छैन । पदाधिकारीको गणना सकिएपछि केन्द्रीय सदस्यको गणना सुरु हुनेछ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ८ : ३२ बजे

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ