चेल्सीको संघर्षपूर्ण जित « Khabarhub

चेल्सीको संघर्षपूर्ण जित


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण  जित निकालेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा रहेको फुलहमविरूद्ध १–० को जित निकालेको हो ।

घरेलु टोली पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो । खराब ट्याकल गरेपछि एन्टोनी रविन्सन रातो कार्ड खादै पहिलो हाफको अन्तिम मिनेटमा मैदान बाहिरिएका थिए । चेल्सीले गोलका लागि ७८औँ मिनेटसम्म पर्खनु पर्‍यो ।

मिसन माउन्टले चेल्सीका लागि विजयी गोल गरे । वेन चिलवेलको क्रसमा फुलहमका गोलकिपरले पन्च गर्दा फर्किएको बलमा डिबक्सभित्र रहेका माउन्टले गोल गरेका थिए ।

पछिल्ला चार खेलमा चेल्सीले पहिलो जित निकालेको हो । चेल्सीका खेलाडीले गोलका लागि निकै प्रयास गरेका थिए । तर कुनै पनि प्रहार सफल हुन सकेन । पहिलो हाफमा माउन्टकै प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

जितसहित चेल्सी २९ अंक जोड्दै तालिकाको सातौँ स्थानमा उक्लियो । फुलहम १२ अंकसहित रेलिगेशन जोनमै छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ६ : ३५ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।