समयमा काम सक्ने निर्माण व्यवसायीलाई सम्मान र पुरस्कार « Khabarhub

समयमा काम सक्ने निर्माण व्यवसायीलाई सम्मान र पुरस्कार


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– अक्सर निर्माणका काम अलपत्र परेका, समयमा काम नसकिएकाले सर्वसाधारणले समस्या भोगेका र निर्माण व्यवसायी नै फरार भएका समाचार अखबारहरुमा आउँछन् । यस्तै समाचार सुनेका बागलुङका सर्वसाधारणले शनिबार निर्माण व्यवसायी सम्मानित र पुरस्कृत हुँदा जोडले ताली बजाए ।

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको देशकै लामो (५६७ मिटर) झोलुङ्गे पुल उद्घाटनको कार्यक्रम थियो ।

विसं २०७६ वैशाख १ गते पुलको शिलान्यास गरेका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले एक वर्षमा नै निर्माण सम्पन्न भएको पुलको उद्घाटन पनि आफैँ गरे । शिलान्यासको समयमा निर्माण व्यवसायीलाई आफू बोल्ने समयमा प्रतिबद्धता व्यक्त गर्न लगागेका तिमिल्सिनाले उद्घाटनमा वाचा पूरा गरेको भन्दै निर्माण व्यवसायीलाई सम्मान र पुरस्कारसमेत दिए ।

शिलान्यासको समयमा निर्माणको जिम्मा लिएको थानी एण्ड हिमशिखर जेभीका प्रतिनिधि नरहरि खड्काले तोकिएको समयभन्दा छ महिना पहिला पुल निर्माणको काम सक्ने बताएका थिए । विसं २०७७ फागुनसम्म पुल निर्माणको अन्तिम मिति रहेको भए पनि वैशाखमा नै निर्माण सम्पन्न भएको थियो ।

खड्कालाई अध्यक्ष तिमिल्सिनाले रु ५० हजार नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मान गरे । वाचा पूरा गरेर जनचाहनाअनुसारको काम गरेको भन्दै उनले धन्यवाद दिए ।

समयअगावै तोकिएको मापदण्डको काम गरेको भन्दै लुम्बिनी फाउण्डेशनका निर्देशक नीरजगोविन्द श्रेष्ठले रु २० हजार पुरस्कार दिनुभयो । बागलुङ नगरपालिकाले कम्पनीलाई प्रशंसापत्रले सम्मान गर्यो । ठेकेदारलाई पुरस्कारभन्दा खान नपाउनेलाई दिएको भए हुन्थ्यो भनेर प्रश्नहरु आउलान् भन्दै तिमिल्सिनाले भने, “मैले प्रोत्साहनका लागि पुरस्कार दिएको हुँ, काम गर्नेको सम्मान जरुरी छ ।”

रु १२ करोड २२ लाख १८ हजारमा निर्माण सम्पन्न भएको पुल गत वैशाखदेखि नै सर्वसाधारणका लागि खुला गरिएको थियो । कोरोना भाइरस महामारीका कारण ढिला गरी यसको उद्घाटन भएको हो । पुरस्कार र सम्मानले आफूले जिम्मेवारी पाएका अन्य काम समयमा सक्ने जिम्मेवारी थपिएको खड्काले बताए ।

यो पुल निर्माणपछि बागलुङको जिल्ला सदरमुकाम बागलुङ बजार आउजाउमा पर्वतको पाङवासीलाई सहज हुनेछ भने आन्तरिक पर्यटकका लागि यो पुल अब बागलुङको पहिलो गन्तव्य बनेको छ ।

“निर्माण सम्पन्न भएपछि उद्घाटन र हस्तान्तरण नहुँदै हामीले खुला गरेका थियौँ, दिनहुँ सयौँ जना यो पुल हेर्न आउने गर्नुभएको छ”, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल भन्छन्, “छेवैमा रहेको कालिका, पञ्चकोट र कालीगण्डकी माथिको संसारकै लामो पुल पर्यटकको एउटा प्याकेज हो ।”

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १२ : ४२ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ