नयाँ प्रजातिको कोरोनाले सन् २०२१ झन् कठिन हुने डब्ल्युएचओको चेतावनी « Khabarhub

नयाँ प्रजातिको कोरोनाले सन् २०२१ झन् कठिन हुने डब्ल्युएचओको चेतावनी


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ ।

कोरोनाभाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको र छिटो फैलिरहेकाले यसले विश्वमा सन् २०२० भन्दा कठिन अवस्था ल्याउने डब्ल्युएचओले चेतावनी दिएको छ।

पहिलोपटक बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ ।

नयाँ प्रकारको संक्रमण देखिएपछि बेलायतमा संक्रमण र मृतक संख्या पनि बढ्दै गएको छ । दक्षिण अफ्रिकामा देखा परेको भाइरसको ‘स्ट्रेन’ अर्थात् प्रकार अन्य २० मुलुकहरूमा फैलिसकेको बीबीसीले उल्लेख गरेको छ ।

सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा छिटो विस्तार हुन सक्ने वैज्ञानिकहरूले बताइरहेका छन् ।

जापानमा पनि अर्को नयाँ प्रकारको भाइरसले नयाँ चिन्ता थपिएको छ । जापानमा चार जनामा पनि नयाँ प्रकारकै भाइरसको संक्रमण भएको जनाइएको छ । यद्यति ती मानिसहरू ब्रजिलमा संक्रमित भएको ठानिएको छ ।

विज्ञहरूका अनुसार नयाँ प्रकारको भाइरसले अरू प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ ।

प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएपछि हाल विकसित भएका खोपले पनि काम नगर्ने हो कि भन्ने चिन्ता पनि थपिएको विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ११ : ५९ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक