आवश्यक परे संविधानसभाको रेकर्ड झिकाउँछौँ – प्रधानन्यायाधीश « Khabarhub

आवश्यक परे संविधानसभाको रेकर्ड झिकाउँछौँ – प्रधानन्यायाधीश


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका निवेदनको सुनुवाइमा आवश्यक परे संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड मगाउन तयार रहेको बताएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड मगाउन माग गरेका थिए । त्रिपाठीलाई जवाफ दिँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आवश्यक परे रेकर्ड झिकाउने बताए । राणाले भने, ‘यो विषय पहिले पनि माग भएको थियो, हाम्रो नोटमा छ । आवश्यक परे रेकर्ड मगाउछौँ ।’

प्रतिनिधिसभा विघटनविरुद्ध रिटनिवेदकका तर्फबाट बहस गरेका भीमार्जुन आचार्यले राजनीतिक प्रश्न हो भन्दै प्रधानमन्त्रीले यसमा सर्वोच्च अदालतले कुनै निर्णय गर्न नसक्ने बताइरहेकोप्रति आश्चर्यता प्रकट गरे ।

‘यसअघि हाम्रै अदालतले राजनीतिक विषय भन्दै गरिएका संसद विघटानमा बोलेको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय अभ्यासमा पनि राजनीतिक विषयमा अदालत बोल्छ ।’ राजनीतिक विषय संविधान र कानुनसँग जोडिएपछि अदालत बोल्ने उनको तर्क छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते घोषणा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेका निवेदनमाथि आइतबार भएको बहसमा कानुन व्यवसायीले संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड माग गरेपछि प्रधानन्यायाधीश जबराले उक्त कुरा बताएका हुन् ।

रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस जारी छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १ : ४८ बजे

अब देशमा कसैले गोली चलाउने हिम्मत गर्दैन : गृहमन्त्री गुरुङ

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले अब देशमा कसैले गोली चलाउने

जलाइएको भवनअगाडि उभिएर सुधन गुरुङ : भाषण होइन, सुशासनको सपना पूरा गर्न आएका हौँ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूहरू कुनै ठूला भाषण गर्न नभई

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान