फागुन १३ बाट फ्लोरमा विपिन र नम्रताको 'प्रसाद २' | Khabarhub Khabarhub

फागुन १३ बाट फ्लोरमा विपिन र नम्रताको ‘प्रसाद २’


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं. २०७५ को सफल फिल्म ‘प्रसाद’ को प्रिक्वेल/सिक्वेल ‘प्रसाद २’ को फागुन १३ गतेदेखि छायांकन थालिने भएको छ ।

सौरभ चौधरीले निर्देशन गर्ने यो फिल्ममा ‘प्रसाद’ को स्किृप्ट अन्तिम चरणमा पुगेको निर्माता सुभाष थापाले जानकारी दिए ।

खबरहबसँगको कुराकानीमा थापाले भने – फिल्मको फाइनल स्क्रिप्टमा काम भइरहेको छ । अब केही दिनमा स्क्रिप्ट लक गर्छौं ।

यसको कथा पत्रकार तथा लेखक सुशील पौडेलले लेखिरहेका छन् । उनले नै ‘प्रसाद’ को स्क्रिप्ट तयार पारेका थिए । सामाजिक कथा बोकेको यो फिल्म बाग्लुङमा छायांकन गरिने भएको छ ।

फिल्ममा निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहनेछ । ‘प्रसाद’ ले समीक्षकको तारिफ बटुलेको थियो भने मल्टिप्लेक्समा राम्रो कमाइ गरेको थियो । यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका थिए ।

‘प्रसाद २’ मा भने निर्देशक फेरिएका छन् । दिनेश राउत अर्को प्रोजेक्टमा व्यस्त भएकाले निर्देशकमा सौरभ चौधरीलाई लिइएको निर्माण टिमले जनाएको छ ।

फिल्मलाई सिक्वेल र प्रिक्वेल दुवै भनिएको छ । अर्थात्, ‘प्रसाद’ मा देखाइएको कथाको अघि र पछि दुवै भागलाई फिल्ममा देख्न सकिनेछ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ४ : १५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी