प्रचण्ड–नेपालको सम्बन्धलाई लिएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको टिप्पणी « Khabarhub

प्रचण्ड–नेपालको सम्बन्धलाई लिएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको टिप्पणी


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको सहकार्यको विषयलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन्।

नेकपा अनौपचारिक रूपमा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडेर तत्कालीन नेकपा एमालेका नेता नेपाल प्रचण्डसँग सहकार्य गर्न पुगेका छन्। पार्टी एकतापूर्वदेखि नै ओली र नेता नेपालबीच विमति रहँदै आएको थियो।

‘माधव कमरेड तपाईंले जारी गरेको निर्देशनअनुसार तत्कालीन माओवादी उग्रवामपन्‍थको राजनीतिक विरोध र प्रतिवादगर्दा कमरेड यदु गौतमलगायत तत्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन वलिदान गर्नुभएको थियो’ उनले लेखेका छन्, ‘तर आज तपाईं कमरेड प्रचण्डसँग सुरुदेखि नै सहकार्यमा रहेको दाबी गर्दै हुनुहुन्छ।’

शान्ति प्रकृयामा ल्याउन वार्ता गर्नु र निरन्तर सहकार्य गर्नु फरक कुरा भएको उनले तर्क गरेका छन्। ‘शान्ति प्रकृयामा ल्याउन वार्ता गर्नु र निरन्तर सहकार्य गर्नु फरक होला नि कमरेड। त्यतिबेला साच्चै माओवादी नेता प्रचण्डसँगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड?’ उनले भनेका छन्।

विधि र पद्धतिमा जोड दिने कुराले प्रचण्डसँगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताविपरीत भएको जिकिर गरेका छन्।

https://www.facebook.com/shankar.pokhrel.946/posts/1768143240008218

‘शान्ति प्रकृयामा प्रवेशपछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाँधिएका हौँ। त्योभन्दा पहिले लामो समयसम्म तपाईंकै नेतृत्वमा माओवादी उग्रवामपंथ विरुद्ध वैचारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘यति छिटै इतिहासको कटु सत्यलाई कसरी बिर्सन मिल्छ र?’

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ३ : १५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया