निर्माता भन्छन्, ‘आमा’ ले मनायो गौरवमय ५१ औँ दिन, हलमा छैनन् दर्शक ! « Khabarhub

निर्माता भन्छन्, ‘आमा’ ले मनायो गौरवमय ५१ औँ दिन, हलमा छैनन् दर्शक !


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण ठप्प भएको फिल्म क्षेत्र अझै पनि सुख्खा छ । गतवर्षको चैत्रदेखि बन्द भएका हल खुला गरिए पनि दर्शक भने हलसम्म आइरहेका छैनन् ।

नेपाल चलचित्र संघले बन्द रहेका हल पुस १० गतेदेखि खुला गर्ने एकतर्फी निर्णय गरेको थियो । सरकारले भने हालै मात्र फिल्म हल खुला गर्ने औपचारिक निर्णय गरेको थियो ।

बन्द रहेका हलमा नयाँ फिल्म रिलिज नभएपछि रिलिज भइसकेका फिल्म पुनः रिलिज गरिएका थिए ।

यता दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘आमा’ लाई हलमा ५१ औं दिन मनाएको भन्दै प्रचार गरिएको छ । जबकि, हल खुला गरिए पनि दर्शक भने हलसम्म आएका छैनन् । फाटफुट दर्शक मात्र फिल्म हेर्न हलसम्म पुगेका छन् ।

निर्माण टिमले यो फिल्मले बिग मुभिज, सीडीसी हल, गंगा हल, अस्ट नारायण हल, क्युज सिनेमा, आइएआइ सिनेमाज, बीएसआर मुभिज, गुण सिनेमा र बाराही मुभिजमा ‘गौरवमय’ ५१ औं दिन मनाएको दाबी गरेको छ ।

तर, हल सञ्चालक र वितरकले भने अरु फिल्म नहुँदा दर्शक नआए पनि यो फिल्म रिलिज गर्नुपरेको बताएका छन् ।

यो फिल्म नेपालमा लकडाउन गर्नुपूर्व पनि रिलिज गरिएको थियो । त्यतिबेला फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । यतिबेला भने कोरोना भाइरसको महामारीपछि सिर्जना भएको माहोलका कारण हलमा दर्शक आइरहेका छैनन् ।

यस्तो अवस्थामा ‘आमा’ निर्माण टिमले ‘गौरवमय ५१ औं दिन’ भन्दै प्रचार नगर्नुपर्ने भन्दै टिप्पणी गरिएको छ । दर्शक नआएका बेला गौरवमय भन्नु उचित नहुने कतिपयको तर्क छ । यद्यपि मन्द भएको फिल्म क्षेत्र सुचारु गर्न फिल्मले सहयोग पुर्‍याएको छ ।

दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सुरक्षा पन्त, मिथिला शर्मा लगायतका कलाकारको शीर्ष भूमिका छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ५ : ०० बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु