२४ घण्टामा २६६ कोरोना संक्रमित थपिए, ५ को मृत्यु « Khabarhub

२४ घण्टामा २६६ कोरोना संक्रमित थपिए, ५ को मृत्यु


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ ।

यसअघि शनिबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ थियो ।

पछिल्लो २४ घण्टामा थप ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६१ हजार ४४४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबार (हिजो) सम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५९ पुगेको छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ४ : २९ बजे

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक

हिन्द महासागर सम्मेलनको लागि परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल मरिसस जाँदै छन् । उनी भारतका

इरानले भन्यो : अमेरिकाले युद्धविरामका सर्त उल्लंघन गर्‍यो, अब वार्ताको अर्थ छैन

तेहरान- इरानले अमेरिकामाथि युद्धविरामसम्बन्धी तीनवटा महत्वपूर्ण सर्त उल्लंघन गरेको आरोप