न्यायाधीशहरुसँग भेटघाट गरेको प्रमाणित गर्न ओलीको चुनौती « Khabarhub

न्यायाधीशहरुसँग भेटघाट गरेको प्रमाणित गर्न ओलीको चुनौती


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले न्यायाधीशहरुसँग भेटघाट भएको भन्ने समाचारको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् ।

अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायाधीससँग भेटघाट भएको भन्ने समाचार झुटो दाबी गर्दै प्रमाणित गर्न चुनौती दिएका हुन ।

उनले भने, ‘न्यायाधीशसँगको भेटबारे के प्रमाणित गर्न सक्छन् ? उनीहरुलाई प्रमाणित गर्नु नै छैन । न्यायालयविरुद्ध हल्ला फिँजाउनु मात्र छ ।’

ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र धवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको आरोप लगाए ।

निर्वाचन आयोगलाई निर्वाचन नगर्न आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयन विपरीतको काम गरेको समेत उनले आरोप लगाए ।

बैठकमा उनले आफूले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरूको जवाफदेहिता लिन तयार रहेको बताए ।

आफूले कानुनसम्मत् काम गरेकोले जवाफदेहिता लिने उनको भनाइ थियो । लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेर आफूले काम गरेको समेत बताए ।

उनले पार्टी विभिन्न गुट उपगुटमा विभक्त भएकाले एकीकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ७ : ०५ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स