ओली सरकार प्रतिगमनकारी भएको जसपा नेता किरातीको आरोप « Khabarhub

ओली सरकार प्रतिगमनकारी भएको जसपा नेता किरातीको आरोप


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरिया– साहित्यकार तथा जनता समाजवादी पार्टीका युवा नेता मिलनकान्छा किरातीले वर्तमान ओली सरकार प्रतिगमनकारी, दलाल, पूँजीपतिको कार्यकारी समिति रहेको आरोप लगाएका छन् ।

‘समृद्ध नेपाल निर्माणको लागि मेलोमा फर्कौँ’ अभियानले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई कोरियाबाट सम्बोधन गर्दै किरातीले ओली सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएका हुन ।

सो अभियानको सेन्ट्रल कोर्डिनेटरसमेत रहेका किरातीले मेलोमा फर्कनु अघि नै ओलीले लोकतन्त्र अपहरण गरी लगेकाले सबैजना यसको विरुद्ध सशक्त भएर उत्रिनु पर्ने बताए ।

जसपाको प्रवास प्रदेश पूर्व उपाध्यक्ष तथा हाल केन्द्रीय तहमा रहेका उनी आवद्ध पार्टीबारे सोधिएका केहि जिज्ञासाबारे किरातीले धेरै बोल्न चाहेनन् । तर उनले छोटोमा भने, ‘डबल नेकपा, दुईतिहाई ओली सरकारको औकात हेरेपछि पार्टी ठूलो कि असल बनाउने ? जसपा सचेत हुनेछ ।’ पार्टी विचारको पुञ्ज हो । अनेक विचार छन् । हाम्रो युवाको पनि विचार छ ।’

कोरोना महामारी र वर्तमान राजनीतिक सङ्कटले निम्त्याएको अस्थिरताका कारण लगानी गर्न र मेलोमा फर्कन वातावरण बनाई दिन सम्बन्धित निकायसँग अपिल गरिने अभियानका कोर्डिनेटर तथा माइग्रेन्ट नेपाली युनियनका केन्द्र संयोजक डा. राजन जिसीले बताए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ७ : २७ बजे

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।