आन्दोलनमा लाठी खान तयार रहेको अध्यक्ष प्रचण्डको भनाइ (भिडियोसहित) « Khabarhub

आन्दोलनमा लाठी खान तयार रहेको अध्यक्ष प्रचण्डको भनाइ (भिडियोसहित)


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू आन्दोलनमा लाठी खान तयार रहेको बताएका छन् ।

अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले माघ ९ गतेको आन्दोलन भयंकर हुने र उक्त आन्दोलनमा लाठी खान तयार रहेको बताएका हुन ।

उनले भने, ‘९ गतेको आन्दोलनमा म अगाडि हुन्छु, तपाइँहरु पछि बस्नुस् । मलाई किन हो टाउको चिलाएर हो कि के हो लाठी खान मन लागेको छ।’

‘प्रतिगमन’लाई परास्त गर्न तय भएको संघर्षमा नेता कार्यकर्ताको टाउको जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको उनको भनाइ छ ।

हेरौँ भिडियो

उनले प्रतिनिधिसभा विघटन सामान्य परिस्थिति नभएको बताउँदै अब गर्जिनुपर्ने अवस्था आइसकेको समेत बताए ।

‘तपाइँहरु जुझारु र आक्रमक ढंगले जाने कार्यक्रमहरु बनाउनुस्, हामी अन्तिम अवस्थासम्म पनि नेतृत्व गर्न तयार छौँ, देशलाई अध्याँरो भड्खालोमा हालेको हेर्न सकिँदैन’, उनले भने ‘हिजो पनि मर्न हिँडेको हो जरुरी पर्छ भने मर्न तयार तर झुक्न चाहि तयार छैनौँ ।’

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ९ : २१ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००