आन्दोलनमा लाठी खान तयार रहेको अध्यक्ष प्रचण्डको भनाइ (भिडियोसहित) « Khabarhub

आन्दोलनमा लाठी खान तयार रहेको अध्यक्ष प्रचण्डको भनाइ (भिडियोसहित)


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू आन्दोलनमा लाठी खान तयार रहेको बताएका छन् ।

अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले माघ ९ गतेको आन्दोलन भयंकर हुने र उक्त आन्दोलनमा लाठी खान तयार रहेको बताएका हुन ।

उनले भने, ‘९ गतेको आन्दोलनमा म अगाडि हुन्छु, तपाइँहरु पछि बस्नुस् । मलाई किन हो टाउको चिलाएर हो कि के हो लाठी खान मन लागेको छ।’

‘प्रतिगमन’लाई परास्त गर्न तय भएको संघर्षमा नेता कार्यकर्ताको टाउको जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको उनको भनाइ छ ।

हेरौँ भिडियो

उनले प्रतिनिधिसभा विघटन सामान्य परिस्थिति नभएको बताउँदै अब गर्जिनुपर्ने अवस्था आइसकेको समेत बताए ।

‘तपाइँहरु जुझारु र आक्रमक ढंगले जाने कार्यक्रमहरु बनाउनुस्, हामी अन्तिम अवस्थासम्म पनि नेतृत्व गर्न तयार छौँ, देशलाई अध्याँरो भड्खालोमा हालेको हेर्न सकिँदैन’, उनले भने ‘हिजो पनि मर्न हिँडेको हो जरुरी पर्छ भने मर्न तयार तर झुक्न चाहि तयार छैनौँ ।’

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ९ : २१ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि