कुवेतले नेपालबाट नयाँ घरेलु कामदार लैजाने « Khabarhub

कुवेतले नेपालबाट नयाँ घरेलु कामदार लैजाने


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा– कुवेतले नेपालसहित पाँच देशबाट घरेलु कामदार लैजाने भएको छ । नयाँ घरेलु कामदारहरूको लागि आजदेखि प्रक्रिया सुरु हुने जनाएको छ ।

श्रम कम्पनीहरूले आन्तरिक मन्त्रालय मार्फत घरेलु कामदारहरूको भिसाका लागि आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ ।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट वाणिज्यिक उडान पुनः सुरु गर्ने सर्वोच्च समितिले गरेको निर्णयको आधारमा नेपालसहित फिलिपिन्स, भारत, श्रीलंका र बंगलादेशबाट प्रत्यक्ष उडानबाट पाँच देशबाट मात्र घरेलु कामदारहरू ल्याउन अनुमति दिइनेछ। ।

घरेलु कामदारहरूको लागि देश अनुसार प्रक्रिया फरक फरक हुने भएका करण नयाँ कामदार ल्याउन समय लाग्ने हुन्छ, सबैभन्दा गाह्रो प्रक्रिया फिलिपिन्सको हो जहाँ घरेलु कामदारले सामान्यतया दुईदेखि तीन महिनासम्म सरकारी प्रक्रिया समाप्त गर्ने अपेक्षा गरिएको मन्त्रालयलाई उदृत गर्दै अरब टाइमम्सले जनाएको छ ।

श्रीलंकाबाट घरेलु कामदार ल्याउन चाडो हुने जनाउदै २८ जनवरी भित्रमा श्रीलंकाबाट पहिलो उडानमार्फत नयाँ घरेलु कामदारहरू आउने आशा गरिएको छ । यस्तै नेपाल र बंगलादेशबाट पनि नयाँ कामदार ल्याउने प्रक्रिया सहज हुने भएकोले चाडै कामदार लैजाने कुवेत सरकारको तयारी रहेको छ ।

प्रायोजकद्वारा कुवेत यात्रा गर्न र एयरलाइन टिकट, संस्थागत क्वारेन्टाइन र आवश्यक भुक्तानी गर्न नयाँ वा फर्केका घरेलु कामदारहरूलाई बाल्सामा अनुप्रयोगमा दर्ता गर्न आवश्यक रहेको समेत मन्त्रालयले जनाएको छ ।

कुवेतले हाल नेपालसहित ३५ देशहरूमा सिधा उडानमा प्रतिबन्ध लगाएको छ, यो प्रतिबन्ध सूची केही अवधिको लागि जारी रहने जनाइएको छ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १० : ३६ बजे

आशिकाको फेसबुके निर्देशन विवादमा : सांसदले स्थानीय तहमा हस्तक्षेप गर्न मिल्छ ?

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : करिब २०० अमेरिकी सैनिक घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष