चाया पर्‍यो भने के गर्ने ? « Khabarhub

चाया पर्‍यो भने के गर्ने ?


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा कर्मचारी विद्यार्थी तथा घरबाहिर काममा निस्कनुपर्नेहरुमा सबैभन्दा ठुलो समस्या हो, चाया । घरबाट बाहिर निस्कनासाथ कोरेको कपालबाट बुरुरु कपडामा चायाँ झर्ने गर्दछ । यस्तोमा धेरैलाई जाडोयाम शुरु भएसंगै यसले सताउने गर्दछ ।

चाया आउनु सरुवा रोगको लक्षण होइन । सेतो धूलोको कणजस्तै देखिने चाया एक प्रकारको टाउकोको निर्जीव छाला हो, जुन कपालको जरा छेउछाउमा जम्मा हुन्छ । कपाल किरेटिन नामक प्रोटिनले बनेको हुन्छ । विभिन्न संक्रमण, रोग जस्ता कारण बाहेक टाउको राम्ररी सफा नहुदा चायाँ आउने गर्दछ ।

कपाल राम्ररी नधुँदा, टाउकाको छालामा फोहोर र प्रदूषणका कारण एक किसिमको पत्र जम्न थाल्दछ । यसले टाउकाको छालाको रोम छिद्रलाई बन्द पारिदिन्छ । चायाका कारण टाउकाको छाला रुखोसमेत हुन्छ र बढी मात्रामा चिलाउँछ ।

सामान्यतः चाया कम गर्न एन्टिफंगल स्याम्पु उपयोगी मानिन्छ । यस स्याम्पुलाई करिब पाँच मिनेटसम्म पानीमा भिजेको कपालमा लगाएर राख्नुपर्छ । यसपछि पानीले धुनुपर्छ । स्याम्पु लगाएलगत्तै पानीले कपाल धुँदा चाया घट्दैन ।

यसका लागि एक सातासम्म निरन्तर कपाल धुने गर्नु पर्दछ । पछि सातामा दुई पटकसम्म स्याम्पु गर्ने र कपाल धुने गर्नु पर्दछ । यसले बिस्तारै चाया कम हुँदै जान्छ । यदि यसो गर्दा समेत चायाको समस्या नहटे छाला सम्बन्धी अन्य रोग हुने सम्भावना भएकाले छाला रोग विशेषज्ञको सल्लाह लिनु पर्दछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : ४५ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको