भागरथीको हत्या आरोपमा एक युवक पक्राउ, आज सार्वजनिक गर्ने तयारी « Khabarhub

भागरथीको हत्या आरोपमा एक युवक पक्राउ, आज सार्वजनिक गर्ने तयारी


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

घटनाको १३औँ दिनमा पक्राउ परेका ती युवकलाई आजै सार्वजनिक गरिने तयारी भएको छ । पक्राउ परेका युवक भागरथी पढ्ने विद्यालय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्ट रहेको प्रहरी स्रोतले जनाएको छ । दोगडाकेदार गाउँपालिका ७ की भागरथी कक्षा १२ मा अध्ययनरत थिइन् ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धान तथा बयानमा पक्राउ परेका ती युवकले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा राखिएका उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी माघ २१ गते बेलुकासम्म विद्यालयबाट घर नपर्किएपछि परिवारले खोजी गरेको थियो । त्यसको भोलिपल्ट साँझ उनको शव लवलेकको जंगलमा भेटिएको थियो ।

क्षतविक्षत अवस्थामा भेटिएको शव पोष्टमार्टम गर्दा बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ७ : ०५ बजे

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन

लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा  

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर

महानगरको पूर्वाधार एम्बुलेन्स डेमो योजनामै सीमित 

काठमाडौं–  देशको राजधानी काठमाडौंका सडकमा असङ्ख्य खाल्डाखुल्डी छिचोल्दै गन्तव्यसम्म पुग्नुपर्ने सवारी

जेन-जी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

चितवन– गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा