अभिनेता रणवीरलाई कोरोना संक्रमण « Khabarhub

अभिनेता रणवीरलाई कोरोना संक्रमण


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतमा कोरोना भाइरसको कहर भलै कम भए पनि यसको खतरा अझै टरेको छैन । भारतमा यो महामारीको चपेटामा बलिउड कलाकारहरु पनि परिरहेका छन् । यही सूचीमा अभिनेता रणवीर शौरी पनि जोडिएका छन् ।

रणवीर आफैंले कोरोना संक्रमण भएको ट्वीट गरेका छन् । ‘म कोभिड १९ पोजेटिभ भएको छु । लक्षण सामान्य छ । म क्वारेन्टाइनमा छु’, उनले ट्वीट गरेका छन् । रणवीरको यो ट्वीट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अभिनेताका फ्यान तथा सामाजिक सञ्जाल प्रयोगकर्ता उनको चाँडो स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसअघि रणवीर किसान आन्दोलनमा प्रतिक्रिया दिएका कारण चर्चामा थिए ।

रणवीर फिल्मका अलावा सामाजिक र राजनीतिक मुद्दामा पनि खुलेर बोल्ने गर्दछन् । केही समय अघि हलिउड स्टारहरु रिहाना ग्रेटा थनबर्गले किसान आन्दोलनको बारेमा टिप्पणी गरेपछि रणवीरले उनीहरुलाई कानूनको बारेमा केही जानकारी नभएको प्रतिक्रिया दिएका थिए ।
–एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ११ : ०७ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको