चैतमा ‘नेपाल बेस्ट म्युजिक अवार्ड’ « Khabarhub

चैतमा ‘नेपाल बेस्ट म्युजिक अवार्ड’


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–तुलसी मिडियाले आगामी चैतमा ‘नेपाल बेस्ट म्युजिक अवार्ड’ आयोजना गर्ने भएको छ । ‘नेपालको शान, संगीतको पहिचान’ भन्ने नाराका साथ आयोजना हुन लागेको अवार्ड चैत १४ गते काठमाडौंमा हुन लागेको हो ।

मिडियाका अध्यक्ष तथा अवार्ड संयोजक नवराज भण्डारीले अवार्डमा ३९ विधा हुने बताए । जसमा लोक, पप, आधुनिक र फिल्म विधा छन् । लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, संगीतकार, नायक र नायिका समावेश छन् ।

यस्तै फिल्मतर्फ गीत, संगीतकार, गायक र गायिका छन् । यस्तै सबै विधाअन्र्तगत नवगायक, नवगायिका, नवनायक र नवनायिका समावेश छ ।

यस्तै प्राविधिकतर्फ छाँयाकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकअप आर्टिष्ट, रचनाकार र सम्पादक समावेश छ । यस्तै पपुलर विधाअन्तरगत गीत, संगीतकार, गायक, गायिका, नायक र नायिका छन् ।

अवार्डमा दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक श्रष्टालाई नगदसहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिनेछ ।

आयोजकले गत फागुन ३ गतेबाट फागुन २१ गतेसम्मका सबै विधामा फाराम खुल्ला गरेको छ । अवार्डका लागि तीन सदस्यीय जुरी निर्माण गरिएको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ११ : ३५ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज