हरभजनको रणवीर प्रेम « Khabarhub

हरभजनको रणवीर प्रेम


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा बायोपिक फिल्मको ट्रेण्ड केही समययता बढ्दो छ । यी फिल्मले दर्शकलाई केवल मनोरञ्जन मात्र दिएका छैनन्, केहीले प्रेरणा पनि लिएका छन् ।

‘दंगल’, ‘भाग मिल्खा भाग’, ‘एमएस धोनी द अनटोल्ड स्टोरी’ र ‘मेरी कोम’ जस्ता बायोपिक फिल्म व्यावसायिक रुपमा सफलमात्र भएनन्, यिनले दर्शक र समीक्षकको समीक्षा पनि राम्रै पाए ।

क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक ब्लकबस्टर हिट भएपछि फिल्मकर्मीको ध्यान खेल जगततर्फ बढी आकर्षण भइरहेको छ । किनकी अब बलिउडमा क्रिकेटकै कथामा आधारित दुई फिल्म ‘८३’ र ‘शाबाश मिठ्ठु’ रिलिज हुँदैछ ।

हालैमात्र क्रिकेटर हरभजन सिंहले आफ्नो बायोपिक बनेमा को कलाकार शीर्ष भूमिकामा उपयुक्त होलान् भनेर कुरा खोलेका छन् । ‘मलाई लाग्छ कि अभिनेता रणवीर सिंहले मेरो भूमिकालाई न्याय दिन सक्छन् । मेरी श्रीमति गीता बसराको भूमिकामा चाहिँ कियारा आडवाणी उपयुक्त पात्र हुन सक्छिन्’, हरभजनले भनेका छन् ।

तर गीताले भने यो विषयमा असहमति जनाउदै आएकी छन् । ‘मलाई लाग्छ कि हरभजनको कथामा फिल्म बन्यो भने विक्की कौशल उपयुक्त पात्र हुनसक्छन् । मेरो चरित्रमा चाहिँ प्रियंका कार्की नै उपयुक्त छिन्’, गीताले भनेकी छन् ।
–एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  २ : ३० बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण