देशमा वैदेशिक हस्तक्षेप बढ्न थाल्यो : नारायणकाजी श्रेष्ठ « Khabarhub

देशमा वैदेशिक हस्तक्षेप बढ्न थाल्यो : नारायणकाजी श्रेष्ठ


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले देशमा पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा श्रेष्ठले देश गम्भीर संकटबाट गुज्रदै गरेको र विदेशी शक्तिहरु आफ्नो स्वार्थ कसरी पूरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेको बताएका हुन् ।

‘संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ,’ उनले लेखेका छन्, ‘सत्तास्वार्थले अन्धा भएका निरंकुश तत्वहरुबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनका आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको छ ।’

‘विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन् ।’

उनले प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न सबै देशभक्त शक्तिहरुलाई एक हुन आव्हान पनि गरेका छन् ।

केही दिनअघि प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई सच्याउन अन्तर्राष्ट्रिय समुदायलाई गुहारेको थियो । तर, आफ्नै समूहले विदेशी शक्तिलाई गुहारी रहेको अवस्थामा प्रवक्ता श्रेष्ठको पछिल्लो धारणालाई लिएर आलोचना गरिएको छ ।

उनको स्टाटसमा कमेन्ट गर्नेहरुले आलोचना गर्दै विदेशी शक्तिको हस्तक्षेप बढ्नुमा श्रेष्ठ स्वयम्‌को पनि ठूलो हात रहेको आरोप लगाएका छन् ।

देश गँभीर संकटबाट गुज्रदैछ।संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन ,पुन: वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ…

Posted by Narayan Kaji Shrestha on Tuesday, February 16, 2021

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  २ : १२ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल