चलचित्रमा सबैजना विद्यार्थी नै हुन्छन्, शिक्षक कोही हुँदैनन्: दीपकराज गिरी « Khabarhub

चलचित्रमा सबैजना विद्यार्थी नै हुन्छन्, शिक्षक कोही हुँदैनन्: दीपकराज गिरी


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता तथा निर्माता दीपकराज गिरीले फिल्ममा सबै मेकर विद्यार्थी नै हुने धारणा राखेका छन् ।

मंगलवार काठमाडौंमा गरिएको फिल्म ‘प्रकाश’ को कार्यक्रममा बोल्दै गिरीले चलचित्रमा कोही पनि शिक्षक नहुने बताए ।

खरो टिप्पणी गर्ने अभिनेताका रुपमा चिनिने गिरीले गल्तीहरु नै आफ्ना शिक्षक भएको धारणा राखे । उनले भने, ‘चलचित्रमा सबैजना विद्यार्थी नै हुन्छ, शिक्षक कोही हुँदैन, सिक्ने क्रम कहिल्यै सकिँदैन । आफ्ना गल्तीहरु नै हाम्रा शिक्षक हुन् ।’

उनले मेकरले गल्तीबाट नयाँ पाठ सिक्ने पनि बताए । ‘मैले आफैले बनाएका चलचित्र पचासौँ गल्ती देख्छु, अरुले सयौँ गल्ती देख्छ, त्यही गल्ती नै हाम्रो गुरु हो,’ उनले भने ।

नेपालमा एकथरी मेकरले फिल्म विशुद्ध कलात्मक हुनुपर्ने भन्दै आएको र एकथरीले फिल्मले व्यापक नाफा कमाउनुपर्छ भन्दै आएको उनले बताए ।

‘हामी यतिञ्जेलसम्म दुई धारबाट बहस गरिरहेका छौँ । कोही फिल्म कलात्मक बनाउनुपर्छ भन्ने र कोही कलात्मकभन्दा फिल्मले व्यापार गर्नुपर्छ भन्नेमा बहस गरिरहेका छौँ, मलाई भने फिल्ममा कला र व्यापार दुवै हुनुपर्छ भन्ने लाग्छ,’ उनले भने ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : ४५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर