कुवेतमा अलपत्र थप ९ नेपाली श्रमिकको उद्धार | Khabarhub Khabarhub

कुवेतमा अलपत्र थप ९ नेपाली श्रमिकको उद्धार


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत र त्यहाँस्थित नेपाली दूतावासको सहकार्यमा थप ९ अलपत्र नेपाली श्रमिकहरुलाई उद्धार गरिएको छ ।

कुबेतमा अलपत्र उनीहरुलाई उद्धार गरी स्वदेश पठाइएको हो ।

उनीहरु मध्ये ७ जनालाइ कुवेतमा पीसीआर परीक्षण, हवाई टिकट, काठमाडौमा विमानस्थलबाट एक रात होटलको ब्यबस्था र आ–आफ्नो घर सम्म पुग्नको लागि बसको टिकटको ब्यबस्था गरिएको एनआरएनए कुवेतले जनाएको छ ।

अन्य दुई जनालाई त्यहाँबाट पीसीआर परीक्षणसहित विमानस्थलबाट घरसम्म पुग्ने टिकटको व्यवस्था गरिएको एनआरएनए कुवेतले जनाएको छ ।

उनीहरुलाई दूतावासले ट्राभल डकुमेन्ट र डिपोर्टेशनको प्रक्रिया सम्पन्न गरेपश्चात एनआरएनएले टिकट, पीसीआर र नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट घर सम्म पुग्नको लागि बसको टिकटको व्यवस्था गरेको हो ।

कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली श्रमिकलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न अध्यक्ष केसीले अनुरोध गरेका छन् ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतका अध्यक्ष केसी ९४४७१२२२ र महासचिव दिलकुमार पाख्रीनलाई ९७५५७३१३ मा सम्पर्क गर्न सकिने एनआरएनले जनाएको छ ।

अहिलेसम्म संघले महामारीका कारण कुवेतमा अलपत्र श्रमिकहरु, रोजगारी गुमाएर, विभिन्न रोग लगेर विरामी भएकासहित गरी ३५ नेपालीको उद्धार गरि स्वदेश पठाइसकेको जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १० : ०१ बजे

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

पर्वत– खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको

जिप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला– मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

दाङ– पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज