कुवेतमा अलपत्र थप ९ नेपाली श्रमिकको उद्धार « Khabarhub

कुवेतमा अलपत्र थप ९ नेपाली श्रमिकको उद्धार


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत र त्यहाँस्थित नेपाली दूतावासको सहकार्यमा थप ९ अलपत्र नेपाली श्रमिकहरुलाई उद्धार गरिएको छ ।

कुबेतमा अलपत्र उनीहरुलाई उद्धार गरी स्वदेश पठाइएको हो ।

उनीहरु मध्ये ७ जनालाइ कुवेतमा पीसीआर परीक्षण, हवाई टिकट, काठमाडौमा विमानस्थलबाट एक रात होटलको ब्यबस्था र आ–आफ्नो घर सम्म पुग्नको लागि बसको टिकटको ब्यबस्था गरिएको एनआरएनए कुवेतले जनाएको छ ।

अन्य दुई जनालाई त्यहाँबाट पीसीआर परीक्षणसहित विमानस्थलबाट घरसम्म पुग्ने टिकटको व्यवस्था गरिएको एनआरएनए कुवेतले जनाएको छ ।

उनीहरुलाई दूतावासले ट्राभल डकुमेन्ट र डिपोर्टेशनको प्रक्रिया सम्पन्न गरेपश्चात एनआरएनएले टिकट, पीसीआर र नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट घर सम्म पुग्नको लागि बसको टिकटको व्यवस्था गरेको हो ।

कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली श्रमिकलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न अध्यक्ष केसीले अनुरोध गरेका छन् ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतका अध्यक्ष केसी ९४४७१२२२ र महासचिव दिलकुमार पाख्रीनलाई ९७५५७३१३ मा सम्पर्क गर्न सकिने एनआरएनले जनाएको छ ।

अहिलेसम्म संघले महामारीका कारण कुवेतमा अलपत्र श्रमिकहरु, रोजगारी गुमाएर, विभिन्न रोग लगेर विरामी भएकासहित गरी ३५ नेपालीको उद्धार गरि स्वदेश पठाइसकेको जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १० : ०१ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका