विदेशबाट ‘पार्सल’ आएको लोभ देखाएर ठगी गर्ने बस्याल पक्राउ « Khabarhub

विदेशबाट ‘पार्सल’ आएको लोभ देखाएर ठगी गर्ने बस्याल पक्राउ


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशबाट पार्सल आएको लोभ देखाएर एक समूहले लाखौँ रकम ठगी गरेको खुलेको छ ।

उक्त ठगीमा एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेपछि उक्त घटनाको रहस्य खुलेको हो ।

पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौँको टोखा बस्ने हरिप्रसाद बस्याल रहेका छन । उनलाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरिएको सीआईबीका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए ।

बस्यालसहितको टोलीले सामाजिक सञ्जालमार्फत बेलायतमा बसोबास गर्ने डाक्टर माइकल अलवर्ट भन्ने नामको फेसबुकमा साथी बनाई भाइबरबाट फोन आदानप्रदान गरी लोभमा पारेर रकम ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

गिरोहले शुरुमा आइफोन पठाइदिने प्रलोभन देखाएको थियो । त्यसपछि बेलायतबाट विभिन्न उपहारका सामान पठाएको र उक्त सामान भारत हुँदै नेपाल आउँदैछ भनेर आश्वासन दिएका थिए । लगत्तै भारतीय नम्बरबाट नेपाली भाषा बोल्ने महिलाले पीडितलाई पटकपटक सम्पर्क गरी बेलायतबाट आएको पार्सल सामान भारतको दिल्लीमा आइपुगेको र त्यसमा बहुमूल्य सामानका साथै पाउण्डसमेत भएकाले भन्सार छुटाउन भन्दै पैसा माग गरेका थिए ।

उनीहरुले सामान छुटाउन नेपालस्थित एजेन्टको खातामा रु १० लाख ७० हजार माग गरेका थिए । गिरोहको निर्देशनमा पीडितले उक्त रकममध्ये रु पाँच लाख २० हजार गङ्गबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउसमा पुगी बस्याललाई भेटेर दिएका थिए ।

त्यसपछि पीडितले आफू ठगिएको थाहा पाई प्रहरीमा उजुरी दिएका र सोही उजुरीका आधारमा ठगी कार्यमा संलग्न उनलाई पक्राउ गरिएको थापाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बस्याललाई थप कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

प्रहरीले उनको साथबाट रु एक लाख सात हजार नगदसहित विभिन्न व्यक्तिको नाममा रकम जम्मा गरेको १० थान भौचरसमेत बरामद गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ९ : ४९ बजे

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगञ्ज- दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड बराबरको

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल) को

कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं- कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ

नेपालमा सरकार फेरिँदै गर्दा लिपुलेक नाकाबाट चीनसँग व्यापार थाल्दै भारत

काठमाडौं- नेपालमा सरकार फेरबदल प्रक्रिया अघि बढिरहँदा भारतले आगामी जुनदेखि

कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको