पशुपतिनाथमा विशेष पूजा गराउनेको आकर्षण | Khabarhub Khabarhub

पशुपतिनाथमा विशेष पूजा गराउनेको आकर्षण


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपतिनाथ मन्दिरमा ११ महिनापछि शुरू भएको विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ ।

गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि गत फागुन २५ गतेदेखि मात्र शुरू भएको थियो । विशेष पूजा शुरू भएपछि सोमबार र शनिबार भक्तजनको भीड बढ्न थालेको छ । कोरोना जोखिमका कारण भारतीय भक्तजन नआए पनि नेपाली दर्शनार्थीले नै विशेष पूजा गराउन क्रम बढ्न थालेको हो ।

महाशिवरात्रिका दिनमात्र पशुपतिनाथ मन्दिरमा ३१ लाख १२ हजार ३०० रुपैयाँको विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।

महाशिवरात्रिका दिन रु पाँच हजार १०० र रु ११ हजार गरी दुई किसिमका रसिद काटी विशेष पूजा गरिएको थियो । रु पाँच हजार १०० को विशेष पूजा ३७५ र रु ११ हजारको विशेष पूजा ११० जना भक्तजनले गरेको उनले सुनाए ।

पाँच हजार १०० को पूजा गर्ने दुईजना कर्ता र रु ११ हजारको पूजा गर्ने चारजना कर्तालाई महाशिवरात्रिका दिन पशुपतिनाथ मूल मन्दिरमा दर्शन गर्ने व्यवस्था गरिएको थियो ।

पछिल्लो समय रु एक हजार १०० देखि रु २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको छ । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रिका अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि रु १० करोडसम्म आम्दानी हुने गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो ।

कोरोनाका कारण करीब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताए ।

कोरोना जोखिमका कारण यस वर्ष महाशिवरात्रिमा पनि पशुपतिनाथ मन्दिरमा कम भक्तजन आएका छन् जसका कारण पशुपतिको महाशिवरात्रिका दिनको आयमा प्रभाव परेको कोषले जनाएको छ । गत वर्ष महाशिवरात्रिका दिन रु १० लाखभन्दा बढी भेटी उठेको थियो । यस वर्ष भने रु छ लाखको हाराहारीमा मात्र जम्मा भएको जनाइएको छ ।

महाशिवरात्रिको दिनदेखि पशुपतिनाथ मन्दिर साबिकअनुसार खुला भइसकेको छ । मन्दिर बिहान ५देखि बेलुकी ७ बजेसम्म खुला हुन थालेको छ । गत वर्ष चैत ११ देखि बन्द रहेको मन्दिर नौ महिनापछि पुस १ गतेदेखि बिहान ६ देखि दिउँसो २ बजेसम्म मात्र खुला हुने गरेको थियो ।

यसबीचमा पशुपतिनाथ मन्दिरको नित्य पूजा र भोगका समयमा करीब एक घण्टा मन्दिर बन्द हुने गरेको छ । महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि भने साबिकअनुसार नै मन्दिर खुला भइरहेको कोषले जनाएको छ । रासस

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  २ : ११ बजे

खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली

रामपुर– एक गाग्री पिउने पानीका लागि घण्टौँ समय बिताएका माथिल्लो

सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते

सुर्खेत– सुर्खेतमा चट्याङ एक जनाको मृत्यु हुनुका साथै चार जना

क्याफेभित्र रविको पक्षमा हस्ताक्षर अभियान, निकिताको पहलमा पुगे दर्जनौँ कलाकार

काठमाडौं- रुपन्देहीस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा भैरहवा

महाधिवेशन समयमा हुन्छ कि हुँदैन भन्ने बहसको तुक छैन : ज्ञानेन्द्र कार्की 

काठमाडौं– नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले १५ औँ महाधिवेशन समयमा

पार्टीमा देखिएको मनमुटाबलाई अन्त्य गरौँ : शान्ति परियार

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ शान्ति परियारले पार्टीमा देखिएको मनमुटाबलाई अन्त्य