काठमाडौँ-तराई द्रुतमार्ग, मेलम्ची र बाहिरी चक्रपथ छलफलमा | Khabarhub Khabarhub

काठमाडौँ-तराई द्रुतमार्ग, मेलम्ची र बाहिरी चक्रपथ छलफलमा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकले अबका बैठकमा काठमाडौँ–तराई द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने योजना बनाएको छ ।

प्रतिनिधिसभा पुनः स्थापनापछि पहिलोपटक बसेको बैठकले नागरिकलाई प्रत्यक्षरुपमा प्रभाव पार्ने आयोजनामा छलफल गर्ने योजना बनाएको हो । अब बस्ने बैठकमा द्रूत मार्गका विषयमा रक्षा मन्त्रालय र नेपाली सेनासँग छलफल गर्ने योजना बनाइएको समितिका उपसचिव ओमबहादुर कार्कीले बताए ।

उनका अनुसार यही चैत ८ वा ९ गते बैठक हुनेछ । त्यसपछि क्रमशः मेलम्ची खानेपानी आयोजना र बाहिरी चक्रपथको विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल हुने उनले जानकारी दिए ।

उनले भने, “बैठकमा सहभागी माननीयहरूले बढी समस्या देखिएका विषयमा छलफल गर्दै जान सुझाव दिनुभएको छ ।”

यसअघि गत पुस २ गते समितिको बैठक बसेको थियो । प्रतिनिधिसभा पुनः स्थापनापछिको पहिलो बैठकमा समितिका सदस्यहरूबीच मात्रै छलफल भएको छ । अब बस्ने बैठकहरूमा भने समितिले हेर्ने मन्त्रालयहरूका प्रतिनिधिलगायत सरोकार राख्ने संस्थाका प्रतिनिधिसमेत सहभागी हुनेछन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : २५ बजे

पाल्पाको रामपुर पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा

पाल्पा– पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ ।

हेटौँडास्थित अख्तियार कार्यालयमा रौतहटका धेरै उजुरी

वीरगञ्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका १२ वटा

टी-२० विश्वकप छनोट: यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं- महिला टी-२० विश्वकप छनोटका लागि नेपालले सोमबार संयुक्त अरब

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको

इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु

इजरायल – केही दिन अघि गाजामा भीषण हवाई आक्रमण सुरु