यस्तो छ एमाले ‘नेपाल–खनाल’ समूहले राष्ट्रिय भेलामा पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) « Khabarhub

यस्तो छ एमाले ‘नेपाल–खनाल’ समूहले राष्ट्रिय भेलामा पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेलमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ ।

बुधबारबाट ललितपुरको सानेमामा शुरु भएको राष्ट्रिय भेलामा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ शीर्षकको आठ पृष्ठको प्रतिवेदन पेश गरिएको हो ।

भेलामा सम्बोधन गर्दै  वरिष्ठ नेता खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटबन्दी शुरू गरेको आरोप लगाए ।

खनालले भने, ‘पार्टीसँग सल्लाहबिना उहाँ अघि बढ्नु भयो। निर्वाचन घोषणा पत्रमा देशसामु गरेका कुनै पनि प्रतिवद्धतालाई केपी ओली सरकारले लागू गर्न सकेन । निर्वाचनको प्रतिवद्धता अनुसार बजेट लागु गर्न पनि सक्नु भएन। पार्टीका विचार र भावनालाई लागु गर्न सक्नु भएन।’

नेता खनालले ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको पनि आरोप लगाए। उनले भने, ‘ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने कुरा अगाडि सारे । तीन चार सयभन्दा मानिसहरु विभिन्न तहमा नियुक्त भए। पार्टीले भनेका र योग्य मानिसहरु क्षमतावान मानिसहरु नियुक्ति गरिएन। आफ्ना धुपौरेहरुलाई नियुक्ति गरे। जनताले समेत केपी ओलीलाई दुत्कारे।’

यसैगरी वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले आयोजना गरेको भेला गुटगट नभइ अध्यक्ष केपी शर्मा ओलीबाट सिर्जित समस्या भएको  बताए ।

नेता नेपालले अहिले अवस्था कसरी आयो भन्ने विषयमा कार्यकर्ता जानकार रहेको बताउँदै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताए ।

नेकपा हुँदा चर्चामा रहेको ‘साइबर स्याल’हरु अहिले एमाले भएपछि पनि रहेको भन्दै फेक समाचार फैलाएर भेला स्थगित भएको हल्ला फैलाएको आरोप उनले लगाए ।

भेलामा वरिष्ठ नेता नेपालले प्रस्तुत गरेको अवधारणा पत्र

अहिलेको लडाईं पदको लागि नभएको दाबी गर्दै नेता नेपालले यो लडाई सिद्धान्त र निष्ठाको भएको बताए ।

ओलीले अध्यक्ष भएपछि गुटको काम जारी राखेको भन्दै आफुहरुले बैठक राख्न समेत निवेदन दिनुपर्ने अवस्था सिर्जना गरेको नेपालले बताए । नेता नेपालले भने, ‘तपाइँहरु पनि पीडित, हामी पनि पीडत, आज पीडित पीडित एक ठाउमा भेला भएका छौँ ।’

भेला भोलिसम्म चल्नेछ ।

यस्तो छ भेलामा पेश भएको राजनीतिक प्रतिवेदन 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ४ : २१ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक