बैंकिङ कसुर मुद्दामा फरार ढुङ्गाना पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दामा फरार ढुङ्गाना पक्राउ


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले रु १ करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनको विसं २०७७ माघ ५ को फैसलापछि एक महीना कैद र बिगोबमोजिम रु एक करोड ८५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका ढुङ्गानालाई मङ्गलबार धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका ढुङ्गानाले आफ्नो प्रभु बैंक लिमिटेड सुकेधाराको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

उच्च अदालतले ढुङ्गानालाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका ढुङ्गानालाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता पन्तले बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ७ : ०० बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।