दुई प्रहरी अधिकृतलाई ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड « Khabarhub

दुई प्रहरी अधिकृतलाई ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका दुई अधिकृतले ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड पाएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोअन्तर्गत वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर चारमा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्रसिंह जोहारीलाई अवार्ड प्रदान गरिएको छ। संयुक्त राष्ट्रसङ्घको पर्यावरण कार्यक्रमअन्तर्गत अन्तरदेशीय वातावरणीय अपराधविरुद्धको कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनीहरुलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

गत फागुनमा भर्चुअलसभामार्फत अवार्ड घोषणा गरिएकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आज एक समारोहबीच प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले अवार्ड प्रदान गरेका छन्। ब्युरोका निर्देशक थापाले पुरस्कृत हुने प्रहरी कर्मचारीलाई बधाई दिँदै पुरस्कारले प्रहरी कर्मचारीको मनोबल उच्च बनाएको र अन्तरराष्ट्रिय जगतमा सङ्गठनको गरिमा बढाएको बताए।

विसं २०६२ भदौ १६ गते रसुवाको स्याफ्रुबाट पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको हड्डी ११३ केजी आखेटोपहारसमेत बरामद भएको मुद्दामा शुरुदेखि नै फरार रहेका मुख्य अभियुक्त पक्राउ गरेकाले उक्त अवार्ड प्राप्त भएको बताइएको छ।

हुम्लाका ५० वर्षीय कुञ्जोक लामा भन्ने कुञ्जोक छिरिङ तामाङलाई २०७७ असार ११ गते उक्त ब्युरोबाट खटिएको प्रहरीले काठमाडौँको बौद्धबाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीका लागि लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवामा बुझाएको थियो।

एशियामा अन्तर्देशीय वातावरणीय अपराधका विरुद्धमा कार्य गर्ने सरकारी कार्यालय, संस्था, व्यक्ति तथा समूहलाई सार्वजनिकरुपमा उक्त अवार्ड वितरण हुँदै आएको छ। यसअघि ब्युरोले सन् २०१८ मासमेत अवार्ड प्राप्त गरेको थियो।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ७ : ३० बजे

सस्मितलाई दिइयो शिक्षा मन्त्रालयको जिम्मेवारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीमा सस्मित पोखरेललाई अगाडि सार्ने भएको

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई