प्रधानमन्त्री ओलीलाई पदबाट ‘छिटो बिदा गर्न चुक्यौँ’ भने इतिहासले माफ गर्ने छैन : नेता भट्टराई « Khabarhub

प्रधानमन्त्री ओलीलाई पदबाट ‘छिटो बिदा गर्न चुक्यौँ’ भने इतिहासले माफ गर्ने छैन : नेता भट्टराई


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट छिटो बिदा नगरे इतिहासले माफी नगर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा उनले ‘राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाईलको चुनाव गराएर प्रधानमन्त्री ओली चक्रवर्ती बादशाह बनिरहने’ सपनाबाट पछि हट्ने छाँटकाँट नदेखिएको टिप्पणी गर्दै उनलाई पदबाट छिटि बिदा नगरे इतिहासले माफी नगर्ने बताएका हुन् ।

उनले लेखेका छन्-“राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है !”

यस्तो छ उनले गरेको ट्वीट

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ७ : ५० बजे

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

मिल्दै राप्रपा र राप्रपा नेपाल, फुटेको चार वर्षपछि एकता गर्ने लिङ्देन-थापा सहमति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच