नयाँ प्रधानमन्त्रीको उम्मेदवार अघि नसरेसम्म सरकारलाई दिएको समर्थन फिर्ता हुँदैन : नेता शर्मा « Khabarhub

नयाँ प्रधानमन्त्रीको उम्मेदवार अघि नसरेसम्म सरकारलाई दिएको समर्थन फिर्ता हुँदैन : नेता शर्मा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेदवार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् ।

रिपाोटर्स क्लब नेपाालले गरेको साक्षात्कारमा उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गरे ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भोलि फेरि एकता पनि हुनसक्ने सम्भावना रहेको उहाको भनाइ छ । उनले पार्टीको नाम परिवर्तनबारे बैठकमा छलफल भए पनि त्यो एजेण्डा नभएको बताए ।

अहिले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा कुनै दाबी नगरेको पनि उनले बताए । नेता शर्माले देशको राजनीतकि परिस्थिति गम्भीर नै रहेको उल्लेख गरे ।

साक्षात्कामा नेकपा (एमाले) का सांसद खगराज अधिकारीले आफूहरु पार्टीलाई एक ढिक्का बनाएर लैजाने गरी अघि बढेको बताए ।

उनले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न अपिल गरेको पनि बताए ।

सर्वोच्च अदालतको फैसला अनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग-अलग भएको सुनाउँदै त्यसपछि आफूहरु एमालेलाई सुदृढ बनाउने काममा लागेको पनि अधिकारीले बताए ।

साक्षात्कारमा कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने सरकारको नेतृत्व लिने बताए ।

अहिले मुलुक अन्यौलको अवस्थामा रहेको र यसको कारण तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै रहेको उनले आरोप लगाए ।

उनले अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुँदैन भन्ने दुई थरी धारणा रहेको पनि उल्लेख गरे ।

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ८ : २० बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,